डिएगो हुएर्टा

विश्व फुटबलमा नम्बर नाइन: संख्या घट्दो, मूल्य बढ्दो

म्यानचेस्टर युनाइटेड पनि डार्विन नुनेज अनुबन्ध गर्ने दौडमा थियो । तर उरुग्वेका २२ वर्षीय स्ट्राइकरले युनाइटेड होइन उसको प्रतिद्वन्द्वी क्लब लिभरपुललाई रोजे । नुनेजलाई भित्र्याउन नसकेपछि युनाइटेडको ध्यान अर्को स्ट्राइकरमाथि हुनुपर्ने थियो । तर उसले त्यसो गरेन । किनभने अहिलेको फुटबल बजारमा उसले अर्को स्ट्राइकर नै भेटेको छैन ।

फ्रान्सेली लिगको क्लब रिम्सका ह्युगो एकिटिके पनि त्यसबेला स्थान्तरणका लागि तयार हुने अपेक्षा गरिएको छ । गत सिजन २५ खेलमा १० गोल गरेका एकिटिके ठूला लिगका ठूला क्लबहरुको नजरमा छन् । अहिले पनि दिनहुँ उनी नयाँ नयाँ क्लबसँग जोडिरहेका छन् ।

युनाइटेडले सोचेको हुनसक्छ, यसपल्ट नभए सन् २०२३ को जुलाई–अगस्टमा कुनै स्ट्राइकर बिक्रीमा हुनेछन् । उसो त उसले आरबी लाइपजिगका क्रिस्टोफर एन्कुन्कुमाथि आँखा लगाएको छ । फ्रान्सेली युवा फरवार्ड एन्कुन्कुले एक वर्षपछि जर्मन क्लब छाड्ने अनुमान गरिएको छ । कमसेकम उनलाई अनुबन्ध गर्ने युनाइटेड लगायतका क्लबको अनुमान यही हो ।

फ्रान्सेली लिगको क्लब रिम्सका ह्युगो एकिटिके पनि त्यसबेला स्थान्तरणका लागि तयार हुने अपेक्षा गरिएको छ । गत सिजन २५ खेलमा १० गोल गरेका एकिटिके ठूला लिगका ठूला क्लबहरुको नजरमा छन् । अहिले पनि दिनहुँ उनी नयाँ नयाँ क्लबसँग जोडिरहेका छन् ।

नुनेज, एन्कुन्कु वा एकिटिके, यी सबै आधुनिक फरवार्ड हुन् । यी तिनै जना स्ट्राइकर बनेर पनि खेल्न सक्छन् । विंगमा दाँया वा बाँया जता पनि फिट हुनसक्छन् । नुनेज त लिभरपुल गइगए । बाँकी दुईलाई अनुबन्ध गर्न चर्को प्रतिस्पर्धा छ । यो जारी रहनेछ ।

फुटबल बजारमा स्ट्राइकरको अभाव छ । आधुनिक फुटबलको भाषामा भन्दा नम्बर नाइनको कमी छ । जो विपक्षीको बक्समा रहेर उसैमाथि धावा बोल्न सकोस् । आफ्ना साथीले दिएका लामा वा छोटा पासलाई नियन्त्रणमा लिएर प्रहार गर्न सकोस् । गोल गर्न सकोस् । पाएका थोरै मौकामा धेरै गोल निकाल्ने नै नम्बर नाइन हो । वा स्ट्राइकर हो । अधिकांश स्ट्राइकरले नौ नम्बरको जर्सी लगाउने भएकाले नम्बर नाइन पदावली चर्चामा आएको हो । प्रयोग हुन थालेको हो ।

उता जर्मन टिमको अग्रपंक्तिको जिम्मा सिमोन टेरोड्डेले लिने अपेक्षा गरिएको छ । ३४ वर्षका टेरोड्डेले आफ्नो करियरको अधिकांश वर्ष दोस्रो श्रेणीको लिगमा बिताएका छन् । गएको सिजन पनि उनी बुन्डेसलिगा २ मा थिए । त्यहाँ उनको प्रदर्शन गजबको रह्यो । उनले साल्काका लागि ३० लिग खेलमा ३० गोल नै गरेका थिए । आगामी सिजन उनी साल्कासँगै बुन्डेसलिगामा हुनेछन् । सिजनको बीचमा सुरु हुने विश्वकपमा जर्मन प्रशिक्षक हान्सी फ्ल्किका लागि वाइल्ड कार्ड विकल्प हुनेछन् ।

युरोपियन क्लब फुटबलमा नम्बर नाइनको माग धेरै, आपूर्तिक कम छ । भएका थोरै स्ट्राइकर हत्याउन प्रतिस्पर्धा छ । र, ती नम्बर नाइन कति स्तरीय छन्, त्यो भिन्दै बहस हुनजान्छ । यो सरुवा बजारमा लिभरपुलले जस्तै म्यानचेस्टर सिटीले नम्बर नाइन अनुबन्ध गरेको छ । ती हुन्, एर्लिङ हालान्ड । लिभरपुल र सिटीले मात्रै नम्बर नाइनको खोजी गरेका होइनन् । इंग्ल्यान्डकै आर्सनल, स्पेनको बार्सिलोना, फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजी जस्ता क्लब पनि नम्बर नाइनका लागि भौतारिएकै हुन् ।

आर्सनलले भने यो खोजीकार्यबाट मुक्ति पाएको छ । किनभने उसले सिटीबाट ब्राजिलेली गाब्रियल जिजसलाई अनुबन्ध गरेको छ । तर जिजस के पूर्ण स्ट्राइकर हुन् ? यो भने बहसको विषय हो । बार्सिलोना बार्यन म्युनिखबाट रोबर्ट लेवान्डोस्कीलाई फुत्काउन सकिन्छ कि भनेर लागि परेको छ । यसो भइहाले बायर्नलाई नयाँ नम्बर नाइनको आवश्यकता पर्नेछ । नभए बार्सिलोनाका स्काउटहरुले दुःख पाउनेछन् । किनभने नम्बर नाइनको खोजी अहिलेको फुटबलमा ‘टफ जब’ हो ।

टोटनहम भने ढुक्क छ । ऊसँग ह्यारी केन छन् । वास्तवमा केन बहुमूल्य सम्पत्ति हुन् । केनकै कारण इंग्ल्यान्ड पनि ढुक्क छ, विश्वकप २०२२ का लागि । इंग्ल्यान्डसँग जस्तै नम्बर नाइन अरु ठूला टिमसँग छैनन् । स्पेनसँग अल्भारो मोराटा छन् । तर उनले आफूलाई नम्बर नाइनका रुपमा आफूलाई स्थापित गर्न सकेका छैनन् । नेदरल्यान्ड्सका लागि वाउट वेघ्रोस्ट मुख्य नम्बर नाइन हुन् । सन् २०२०–२१ सिजनमा उल्फ्सबर्गका लागि २० गोल गरेका उनले त्यसपछिको सिजनमा भने ६ गोल गरे । गत सिजन वेस्टह्यामबाट खेलेका उनले २० लिग खेलमा दुई गोल गर्नसके ।

उता जर्मन टिमको अग्रपंक्तिको जिम्मा सिमोन टेरोड्डेले लिने अपेक्षा गरिएको छ । ३४ वर्षका टेरोड्डेले आफ्नो करियरको अधिकांश वर्ष दोस्रो श्रेणीको लिगमा बिताएका छन् । गएको सिजन पनि उनी बुन्डेसलिगा २ मा थिए । त्यहाँ उनको प्रदर्शन गजबको रह्यो । उनले साल्काका लागि ३० लिग खेलमा ३० गोल नै गरेका थिए । आगामी सिजन उनी साल्कासँगै बुन्डेसलिगामा हुनेछन् । सिजनको बीचमा सुरु हुने विश्वकपमा जर्मन प्रशिक्षक हान्सी फ्ल्किका लागि वाइल्ड कार्ड विकल्प हुनेछन् ।

आधुनिक फुटबलमा क्लबसँग एकेडेमी हुनु लगभग अनिवार्य शर्त हो । युरोप वा दक्षिण अमेरिकामा मात्रै होइन, अरु क्षेत्रका फुटबलमा पनि एकेडेमीलाई उत्तिकै महत्त्व दिने गरिएको छ । फुटबलमा तरक्की गरेका देशहरुमा क्लबबिनाका एकेडेमी पनि अनगिन्ती छन् । तर थोरैलै मात्र भनेजस्तो नम्बर नाइन उत्पादन गरिरहेको छन् ।

आजकल के पनि भनिन थालिएको छ भने, एकेडेमीहरुले नम्बर नाइन उत्पदान गर्न छाडिसके । वा उनीहरुले उत्पादन तरिका बिर्सिसके । उनीहरुसँग कुनै किशोर खेलाडीलाई नम्बर नाइनमा परिणत गर्ने सूत्र छैन । जति पनि नम्बर नाइन युरोपियन फुटबलको माथिल्लो तहसम्म आइपुगेका छन्, उनीहरु ‘नेचुरल नम्बर नाइन’ हुन्, तालिमका कारण नम्बर नाइनमा परिणत भएका होइनन् ।

यसरी माथिसम्म आइपुग्नेको संख्या नगण्य छ । तब न नुनेजलाई लिभरपुलले आठ करोड ५० लाख तिर्नुपर्यो । स्पेनको दोस्रो श्रेणीको लिग खेलेर पोर्चुगलको शीर्ष श्रेणीमा खेल्न पुगेका नुनेजले बेनफिकाका लागि जम्मा एक सिजन खेले । त्यही एक सिजनमा देखाएको प्रदर्शनका आधारमा लिभरपुलले त्यत्रो रकम खर्चियो ।

फेरि इंग्ल्यान्डतिरै फर्किऊँ । त्यहाँ खेलाडी स्काउट गर्ने र किनबेच गर्नेहरुका लागि नम्बर नाइन पहिलो प्राथमिकता हो । आफ्नो एकेडेमीमा नभए अरुको एकेडेमीबाट ल्याएर भए पनि नम्बर नाइनको स्थान भर्न उनीहरु व्यस्त छन् । इंग्ल्यान्डको सिनियर टिममा केन छन् । उनी घाइते भए कसले इंग्लिस अग्रपंक्ति सम्हाल्ने भन्ने टड्कारो प्रश्ना छ ।

युरोपियन क्लब फुटबलमा पेप ग्वार्डिओलाको प्रभाव गहिरो छ । उनी नम्बर नाइन वा स्ट्राइकरभन्दा बढी मिडफिल्डरहरुको भर पर्छन् । गोल गर्न खप्पिस मिडफिल्डरलाई अग्रपंक्तिको जिम्मा दिन्छन् । जसलाई फल्स नाइन पनि भनिन्छ । पेपको यो शैलीलाई युरोपका कयौँ प्रशिक्षकले पछ्याउने प्रयास गरेका छन् ।

ग्वार्डिओला शैली युरोपबाहिर पनि फैलिँदो छ । जसकारण ‘टेक्निकल स्किल’ भएका खेलाडीको माग बढेको छ । त्यस किसिमका खेलाडीको उत्पादन पनि बढेको छ । तीमध्ये प्राय खेलाडीले मिडफिल्डरका रुपमा आफूलाई अघि बढाउँछन् । आक्रामक फुलब्याकको संख्या पनि कम छैन । ‘टेक्निकल स्किल’ भएका मिडफिल्डर र फुलब्याकको सामथ्र्यमा बढीभन्दा बढी बल पोसेसन राखेर खेल्ने टिमको संख्या बढ्दो छ । तर नम्बर नाइनबिना त्यस्ता टिमले पाएका मौकामा गोल गर्न सकिरहेका हुँदैनन् ।

फेरि इंग्ल्यान्डतिरै फर्किऊँ । त्यहाँ खेलाडी स्काउट गर्ने र किनबेच गर्नेहरुका लागि नम्बर नाइन पहिलो प्राथमिकता हो । आफ्नो एकेडेमीमा नभए अरुको एकेडेमीबाट ल्याएर भए पनि नम्बर नाइनको स्थान भर्न उनीहरु व्यस्त छन् । इंग्ल्यान्डको सिनियर टिममा केन छन् । उनी घाइते भए कसले इंग्लिस अग्रपंक्ति सम्हाल्ने भन्ने टड्कारो प्रश्न छ ।

इंग्ल्यान्डका सबै उमेर समूहका टिम र क्लबहरुका एकेडेमी गरेर करिब ४० जना नम्बर नाइन हुनुपर्ने हो । तर सबैतिरका भेला पार्दा पनि युवा नम्बर नाइनको संख्या १० नकट्ने बताइन्छ । तीमध्ये केही मात्रै इंग्ल्यान्डको सिनियर टिममा पुग्ने अनुमान गरिएको छ । वा इंग्ल्यान्डका ठूला भनिएका क्लबहरुमा स्थापित हुने सम्भावना रहेको अनुमान छ । त्यस्तो सम्भावना बोकेका नम्बर नाइन चेल्सी एकेडेमीका रोनी स्टुट्र, वेस्टह्याम युनाइटेडका सोनी पेर्किन्स, क्रिस्टल प्यालेसका जाच मार्स, क्विन पार्क रेन्जर्सका रोरी विल्सन हुन् ।

यस्तोमा प्रश्न उठ्छ, इंग्ल्यान्ड फुटबल संघ र इंग्लिस क्लबहरु नम्बर नाइनको अभावलाई कसरी पूर्ति गर्नेवाला छन् ?

गत सिजन  प्रिमियर लिगमा रहेको नर्विच सिटीले एउटा जुक्ति निकाल्यो । त्यो जुक्ति थियो, क्लबमा रहेका उमेर समूहका टिमलाई ४–४–२ को संरचनामा खेलाउने । यसो गर्दा एक टिमले कमसेकम दुई नम्बर नाइनको उत्पादन गर्नसक्ने । तर यस्तो संरचनाले काम गरेन । किनभने अन्डर १० वा १२ बाटै फुच्चे खेलाडीहरुलाई ४–४–२ जस्तो पारम्पारिक खेल संरचनाम वा शैलीबाट टाढा राखिएको छ ।

अर्जेन्टिनाको ठूला क्लबमध्येको एक हो, रेसिङ । यो क्लबका लागि खेलाडी किनबेच गर्ने, नयाँ प्रतिभाको खोजी गर्ने आदि काममा डिएगो मिलिटो खटिएका छन् । लामो समय रेसिङका लागि खेलेका र इन्टर मिलानबाट युरोपियन क्लब फुटबलमा आफूलाई स्थापित गरेका मिलिटोका सहायक हुन्, डिएगो हुएर्टा ।

केही समयअघि जर्मन फुटबल संघले आफ्ना शोधकर्ताहरुलाई अर्जेन्टिना पठायो । तिनको उद्देश्य थियो, अर्जेन्टिनामा नम्बर नाइन कसरी उत्पादन भइरहेका छन् भनेर अध्ययन गर्ने । तर कुनै समय गाब्रियल बाटिस्टुटा जस्ता नम्बर नाइन जन्माएको अर्जेन्टिनामा नम्बर नाइनको खडेरी रहेको पत्ता लाग्यो ।

अर्जेन्टिनाको ठूला क्लबमध्येको एक हो,  रेसिङ । यो क्लबका लागि खेलाडी किनबेच गर्ने, नयाँ प्रतिभाको खोजी गर्ने आदि काममा डिएगो मिलिटो खटिएका छन् । लामो समय रेसिङका लागि खेलेका र इन्टर मिलानबाट युरोपियन क्लब फुटबलमा आफूलाई स्थापित गरेका मिलिटोका सहायक हुन्, डिएगो हुएर्टा ।

उनी रेसिङका मुख्य स्काउट हुन् । उनका अनुसार अर्जेन्टाइन फुटबल अहिले युरोपियन शैली पछ्याइरहेको छ । अर्जेन्टिनामा दिइने फुटबल शिक्षामा युरोपियन दर्शन हाबी भएपछि पहिलेको जस्तो प्रतिभा जन्मिन छाडेको हुएर्टाको जिकिर छ ।



‘विश्वकपमा अर्जेन्टिनासँग नम्बर नाइनका रुपमा लाउटारो मार्टिनेज मात्र हुनेछन् । अर्जेन्टिनामा नम्बर नाइनको उत्पादनमा कमी आएको छ । यसको कारण हो, एकेडेमीहरुले दिने शिक्षा । एकेडेमीहरु युरोपियन दर्शनबाट प्रभावित छन् । उनीहरुले ट्याक्टिकल खेलाडी उत्पादन गरिरहेका छन् । तर ती खेलाडीमा दक्षिण अमेरिकी स्वाद हुन छाडेको छ । दक्षिण अमेरिकी स्वाद यहाँको गल्ली फुटबलसँग गाँसिएको छ । अहिले यो सम्बन्ध तोडिन थालेको हो कि भन्ने महसुस भइरहेको छ,’ हुएर्टाको भनाइ छ ।

हुएर्टा कुनै पनि नम्बर नाइनले करियरको उत्तर्राद्धसम्म पनि सिकाइलाई जारी राख्नसक्ने बताउँछन् । यसमा उनी मिलिटोकै उदाहरण दिन्छन् । ‘मिलिटो २५ कटेपछि झनै डरलाग्दो स्ट्राइकर बनेका थिए । उनी आफैँले स्वीकार गरेको कुरा हो यो । मार्सेलो बिएल्सा अर्जेन्टाइन टिमको प्रशिक्षक बनेपछि मिलिटोको खेलमा व्यापक सुधार भएको थियो । मिलिटोले बिएल्सासँग नम्बर नाइनमा हुनुपर्ने मुभमेन्ट सिके,’ हुएर्टा भन्छन् ।

जसरी बिएल्साले मिलिटोलाई थप खतरनाक स्ट्राइकर बनाए, योर्गन क्लपले मोहम्मद सलाहलाई र माउरिजियो सारीले दृइस मर्टिन्सलाई विश्वस्तरीय ‘स्कोरर’ बन्न मद्धत गरे । यी दुई खेलाडीमा आएको सुधारले दुई महत्त्वपूर्ण कुरा प्रमाणित गरेका छन् । पहिलो, सही प्रशिक्षकको साथ पाए एउटा खेलाडी फरक बिन्दुमा पुग्न सक्छ । दोस्रो, विंगबाट खेलेर पनि नम्बर नाइनले जति नै गोल गर्न सकिन्छ ।

अहिले देखिएको नम्बर नाइनको अभावलाई लिएर फुटबल एकेडेमीहरु कत्तिको गम्भिर छन् ? भविष्यले बताउनेछ । उनीहरुले कस्तो योजना बनाउँछन्, सिकाइ र तालिमको शैली परिवर्तन गर्छन् वा गर्दैनन् अदि प्रश्नको जवाफ तत्कालका लागि छैन ।

तर फेरि पनि सकेसम्म प्रशिक्षकको चाहना गोलको मुख्य स्रोत नम्बर नाइनलाई बनाउने हुन्छ । क्लपले नुुनेज र ग्वार्डिओलाले हालान्डलाई अनुबन्ध गरेर नम्बर नाइनप्रतिको लालच देखाइसके । ग्वार्डिओलाका चेला जाभी हर्नान्डेज पनि लेवान्डोस्कीलाई जसरी भए पनि बार्सिलोनाको नौ नम्बरको जर्सी जिम्मा लगाउने पक्षमा छन् । जाभीको सपनामा लेवान्डोस्कीको उमेर तगारो बनेको छैन ।

अहिले देखिएको नम्बर नाइनको अभावलाई लिएर फुटबल एकेडेमीहरु कत्तिको गम्भिर छन् ? भविष्यले बताउनेछ । उनीहरुले कस्तो योजना बनाउँछन्, सिकाइ र तालिमको शैली परिवर्तन गर्छन् वा गर्दैनन् अदि प्रश्नको जवाफ तत्कालका लागि छैन । यद्यपि युरोपभर पछ्याउन सकिने नयाँ शैलीबारे गाइँगुइँ भने चलिरहेको छ । सुरुमा इटालीमा परीक्षण गरिने भनिएको यो शैली अनुसार, चार खेलाडीको स्थान पक्का हुनेछ । बाँकीले भने जुनसुकै स्थानमा पनि खेल्नसक्नु पर्नेछ । गोलरक्षक, एक सेन्ट्रल डिफेन्डर, एक सेन्ट्रल मिडफिल्डर र एक सेन्ट्रल फरवार्डको खेल्ने स्थान पक्का हुनेछ । बाँकी खेलाडी रोटेसनको हिस्सा बन्नेछन् । उदाहरणका लागि, एउटा खेल लेफ्ट ब्याक पोजिसनमा खेलेको खेलाडीले अर्को खेल डिफेन्सिभ मिडफिल्डबाट खेल्नसक्नेछ ।

फुटबलको इतिहास हेर्ने हो भने, यसका दर्शन, शैली आदि परिवर्तन हुँदै आएका छन् । विभिन्न कालखण्डमा देखिने समस्यालाई हल गर्न फरक फरक खेल शैलीको उपयोग गरिँदै आइएको छ । पुरानै शैलीमा फर्किएको उदाहरण पनि प्रशस्तै छन् । तर प्रश्न उही, के पुरानो वा नयाँ शैलीमा उनीहरु नम्बर नाइनबिना खेल्न सक्छन् ? वा यो सम्भव छ ? सम्भव नभए नम्बर नाइनको उत्पादन कसरी बढाउने ?

उब्जिएका यी तमाम प्रश्नबीच अनुभव गरिएका सत्य यिनै हुन्, नम्बर नाइनको संख्या प्रत्येक वर्ष घट्दो छ । उत्पादन भएका नम्बर नाइनकै गुणस्तरमाथि पनि प्रश्न उठिरहेका छन् । र, उनीहरुको मूल्य आकासिँदो छ ।