युइएफए नेसन्स लिग

जर्मनीले इटालीलाई हरायो

म्युनिख । युइएफए नेसन्स लिगअन्तर्गत मंगलबार भएको समूह ए३ को खेलमा जर्मनीले युरोपियन च्याम्पियन इटालीलाई ५–२ ले पराजित गरेको छ ।

यसअघिका तीन खेलमा १–१ को बराबरीमा रोकिएको हेन्सी फ्लिकको टिमले घरेलु मैदानमा इटालीमाथि भने रवाफिलो प्रदर्शन गर्यो ।

खेलको १०औं मिनेटमा जोशुआ किमिचले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी पाएपछि त्यसलाई सदुपयोग गर्दै इल्काइ गोन्डोवानले घरेलु टिमको अग्रता दोब्बर पारे ।

खेलको ५१औं मिनेटमा थोमस मुलरले जर्मनको अग्रतालाई ३–० मा पुर्याए । यस्तै, त्यसपछि एक मिनेटको फरकमा टिमो वार्नरले दुई गोल गरेपछि जर्मनीले ७०औं मिनेटसम्म ५–० को अग्रता बनाएको थियो । वार्नरले ६८औं र ६९औं मिनेटमा गोल गरेका थिए ।

इटालीका ड्यागनेन्ड विलफ्रेड नान्टोले ७८औं मिनेटमा र आलेजान्ड्रो बास्टोनीले इन्जुरी समयमा गोल फर्काएका थिए ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको जर्मनी समूहको दोस्रो स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट पाँच अंक जोडेको इटाली तेस्रो स्थानमा छ ।