स्पेनिस ला लिगा

लेवान्डोवस्की भित्राउन आर्थिक रुपमा सक्षम छौः लापोर्टा

मड्रिड । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले आफ्नो क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीलाई भित्राउन सक्षम रहेको बताएका छन् ।

लेवान्डोवस्कीले गत सता बायर्नसँगको सम्झौता अबधी बाँकी रहे पनि आफूले क्लब छोड्ने निर्णय लिएको र यस बारे व्यवस्थापन र प्रशिक्षकलाई जानकारी गराइसकेको बताएका थिए ।

बार्सिलोनाका प्रशिक्षक जाभीले आफूहरु लेवान्डोवस्कीलाई भित्राउन इच्छुक रहेको र उनको अनुबन्धनमा कुनै आर्थिक समस्या नआउने बताएका थिए ।

स्पेनिस ला लिगाका प्रमुख जाभियार टेवासले भने बार्सिलोना अझै चरम आर्थिक अभावमा रहेकाले लोवान्डोवस्कीको क्याम्प नोउ यात्रा असम्भव भएको प्रतिक्रिया दिएका थिए ।

लेवान्डोवस्कीले बायर्नको यात्रा अन्त्य गरेको घोषणा गरे पनि क्लबका कार्यकारी प्रमुख ओलिभर कान भने सम्झौता अबधी बाँकी रहँदै एउटा खेलाडीले सार्वजनिक रुपमै नयाँ क्लब रोज्छु भन्दै हिँड्नु गलत भएको भन्दै लेवान्डोवस्कीसँग रुष्ट बनेका थिए ।

‘बार्सिलोना आर्थिक रुपमा सक्षम छ र लेवान्डोवस्कीले चाहेको खण्डमा हामी उनलाई भित्राउन तयार छौ’,लापोर्टाले भने, ‘म टेवासलाई यो घटनामा संलग्न नहुन आग्रह गर्न चाहन्छु ।’