नटिङ्घम फरेस्ट

नटिङ्घम २३ वर्षपछि प्रिमियर लिगमा बढुवा

लन्डन । नटिङ्घम फरेस्ट इङ्लिस प्रिमियर लिगमा बढुवा भएको छ । आइतबार वेम्बलीमा सम्पन्न च्याम्पियनसिपको प्लेअफमा हडर्सफिल्डलाई १–० ले पराजित गर्दै नटिङ्घम प्रिमियर लिगमा बढुवा भएको हो ।

खेलको ४३औं मिनेटमा हडर्सफिल्डका लेभी कोल्विलको आत्मघाती गोल नै नटिङ्घमको जितमा पर्याप्त बन्यो । जेम्स गर्नरबाट आएको क्रसमा कोल्विलबाट आफ्नै पोस्टमा गोल भएको थियो ।

नटिङ्घम २३ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको हो । जितपछि नटिङ्घमा मुख्य प्रशिक्षक स्टिभ कुपरले आफू खेलाडी र समर्थकहरुको लागि निकै खुसी रहेको प्रतिकृया दिए ।

‘म खेलाडी र समर्थकहरुका लागि निकै खुसी छु । यसमा सबै कुराको योगदान छ र उनीहरु सबै आजको जितको हकदार हुन् । अब हामीले भविष्यलाई ध्यानमा राखेका छौं ।’