नेपाली फुटबल

परिवर्तनलाई निरन्तरता दिनका लागि शेर्पा चाहिन्छ: कपाली

काठमाडौं । नेपाली लिग च्याम्पियन मछिन्द्र क्लबका अध्यक्ष सुनिल कपालीले क्लबका सुविधा वृद्धि गर्नुका साथै लिगलाई व्यवस्थित गरेका कारण एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वले निरन्तरता पाउनुपर्ने बताएका छन् ।

शेर्पाको उम्मेदवारी घोषणा कार्यक्रममा कपालीले भने, ‘फुटबल गतिविधि सञ्चालन भइरहेको अवस्था थियो । आज पनि आमुल परिवर्तन गरेर अगाडि आइरहेको अवस्थामा पर्दाभित्र रहेर कोही कसैले तानाबुना बुनिरहेका छन् ।’

एन्फाका पूर्व अध्यक्ष गणेश थापाप्रति संकेत गर्दै कपालीले थपे, ‘हामीलाई थाहा छ, वितगमा नेपाली फुटबलमा तानासाही प्रवृति थियो । जसलाई हामीले तोड्न सफल भयौं । तर आर्थिक कारणले हामीले चाहेर पनि धेरै गर्न नसकेको कुरा यथास्थानमा होला ।’

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष नेम्वाङलगायतका पदाधिकारीले लगाएका भ्रष्टाचारका आरोपमा सत्यता नभएको कपालीले दाबी गरे ।

‘एन्फामा भ्रष्टाचार भयो भनिरहेको छ । भ्रष्टाचार भएको भए मछिन्द्रले अहिलेसम्म पुरस्कार नै पाएको छैन । एन्फाले पुरस्कार त दिन सकिरहेको छैन, कहाँबाट भ्रष्टाचार गर्नु रु भ्रष्टाचार भएको भए प्रमाणित गर्नुपर्यो, नत्र कार्यसमितिमा बसेर सबै सुविधा लिने अनि चुनाव उठ्न मनगणन्ते कुरा गरेर भ्रमित पार्नु भएन ।’

कपालीले नेम्वाङ पक्षबाट उम्मेदवारी घोषणा गरेका अनुहारमाथि विश्वास नरहेको पनि प्रष्ट्याए ।

‘त्यहाँ कस्ता कस्ता अनुहार उठेका छन् । उनीहरुले नेपालको फुटबल विकास गर्ने विश्वास गर्न सक्छु रु उनीहरुको नेपाली फुटबलमा लगानी के रु उनीहरुको लगानी नै छैन । हामीले नेपाली फुटबलमा लगानी गर्ने मानिस चाहेको हो । त्यस्ता जिल्ला र क्लब मिलेर नेपाली फुटबललाई अगाडि बढाउनुपर्छ । तर त्यहाँको अनुहार ठिक छैन,’ उनले थपे ।

यसैगरी नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान राकेश श्रेष्ठले पनि पछिल्लो पाँच वर्ष गरेको कामको आधारमा शेर्पा प्यानललाई थप एक कार्यकालका लागि जिम्मेवारी दिनुपर्ने विचार राखे ।

उनले भने, ‘विगत पाँच वर्षको काम हेर्दा यो नेपाली फुटबलको गोल्डेन इरा हो । उम्मेदवार हेरेर सक्षमलाई मत दिनुस । मेरो विचारमा पछिल्लो समय गरेको कामको आधारमा उहाँ थप एका कार्यकालका लागि हक राख्नुहुन्छ ।’