एन्फा चुनाव

शेर्पा प्यानलबाट उठ्ने सबैको टुंगो

काठमाडौं । कर्माछिरिङ शेर्पाको प्यानलबाट उम्मेदवार बन्नेहरुको घोषणा भएको छ ।

वर्तमान अध्यक्ष शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीको उम्मेदवारी घोषणा भएको छ । यसैगरी उपाध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष उपेन्द्रमान सिंहलगायत सदस्यहरु दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठको उम्मेदवारी टुंगो लागेको छ ।

यसैगरी सदस्यमा फ्रेन्डसका अध्यक्ष दीपक थापा, सिराहाका प्रतिनिधि प्रविण यादव, साँगा क्लबका वरिष्ठ उपाध्यक्ष रुपेश अधिकारी, लमजुङका लोकेन्द्र गुरुङ, बाग्लुङका रामराजा गुरुङ, मकवानपुरका अध्यक्ष टिकाराम लामा, बाँकेका प्रदेशसिंह राठोर, जुम्लाका अध्यक्ष भरत बुढथापा, मछिन्द्रका टिम म्यानेजर अनिल श्रेष्ठ, च्यासलका अध्यक्ष रमेश व्यन्जनकार, खुमलटार युवा क्लबका अध्यक्ष मणिराज विष्ट, टोखा भगवती क्लबका अध्यक्ष मनिश जोशीको उम्मेदवारी घोषणा भएको छ ।

शेर्पा प्यानलले महिलामा सदस्यको उम्मेदवारी घोषणा गरेको छैन । सर्वसम्मतिको प्रयास भइरहेको उम्मेदवारी घोषणा कार्यक्रम सञ्चालन गरेका एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी गराए । उनले आज सोमबार घोषणा गरिएका केही नामहरु थपघट हुन सक्ने बताए ।

‘चुनावको राजनीति भनेको यस्तै हो । केही नाम घटन वा बढ्न सक्छ । यसलाई सबैले बुझिदिनुहोला,’ तुलाधरले भने ।