एन्फा चुनाव

सिंहले मुख खोलेः शेर्पा प्यानललाई जिताउँ

काठमाडौं । चार वर्षे कार्यकालको धेरैजसो समय शान्त रहेर बिताएका अखिल नेपाल फुटबल संघका उपाध्यक्ष उपेन्द्रमान सिंहले कार्यकाल सकिन लाग्दा मुख खोलेका छन् ।

अध्यक्ष शेर्पाको उम्मेदवारी घोषणा कार्यक्रममा स्वागत मन्तब्य राख्दै राष्ट्रिय टोलीका पूर्व कप्तान सिंहले शेर्पा प्यानललाई पुन जिताउन मतदाताहरुसँग आह्वान गरे ।

कोभिड १९ को महामारीका कारण पूरा विश्व नै असहज अवस्थामा हुदा पनि नेपालमा भने फुटबल गतिविधि शेर्पाको नेतृत्वमा सहजतापूर्वक सञ्चालन गरिरहेको सिंहले दाबी गरे ।

‘नेपाली फुटबलको विकास अभियानलाई निरन्तरता दिनका लागि कर्माछिरिङ शेर्पाको प्यानललाई पुन जिताउनुपर्छ,’ सिंहले भने ।