एन्फा चुनाव

नेम्वाङ प्यानललाई तुलाधरको प्रश्नः भ्रष्टाचार भए, त्यसमा जिम्मेवार उहाँहरूको होइन ?

काठमाडौं । संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको भनिएको भ्रष्टचारको जिम्मेवार सम्पूर्ण कार्यसमिति भएको बताएका छन् ।

एन्फाको आसन्न चुनावका लागि अध्यक्ष पदका प्रत्यासी कर्मा छिरिङ शेर्पा प्यानलको उम्मेदवारी घोषणालाई सम्बोधन गर्दै तुलाधरले अर्को प्यानलले लगाएको भ्रष्टाचारको आरोपमा उनीहरू पनि उत्तिकै जिम्मेवार रहेको बताए ।

‘एन्फामा जुन भ्रष्टचार भयो भनिरहनु भएको छ,’ उनले भने, ‘वहाँहरु पनि कार्यसमितिमा हुनुन्छ, भ्रष्टाचार भए उहाँहरू पनि जिम्मेवार होइन र ?’

तीनकुनेस्थित रोयल ब्याङ्केटमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले कर्मा छिरिङले अध्यक्षमा निर्वाचित भएपछि लिगलाई निरन्तरता दिएको पनि बताएका थिए ।