इङ्लिस प्रिमियर लिग

समर्थकको आक्रोश स्वभाविकः फर्नान्डेज

लन्डन । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेजले टोलीले लगातार खराब प्रदर्शन गरेका कारण आफ्ना समर्थकहरुको आक्रोश स्वभाविक भएको बताएका छन् ।

इङ्लिस प्रिमियर लिगमा युनाइटेडले शनिबार ब्राइटोनसँग ४-० को लज्जास्पद हार व्यहोरेको छ ।

फर्नान्डेजले यस सिजन आफ्ना टोलीले  गरेको प्रदर्शन सम्झनलायक नरहेको समेत बताए । युनाइटेड ३७ खेलमा ५८ अंकसहित सातौं स्थानमा छ । युनाइटेड यस सिजन च्याम्पियन्स लिगको टिकट काट्न असफल रह्यो ।

पछिल्लो समय टोलीको खराब प्रदर्शनका कारण समर्थकहरु टोलीप्रति आक्रोशित हुँदै आएका छन् । उनीहरुले ब्राइटोनसँगको हारपछि ‘तिमीहरु युनाइटेडको जर्सी लगाउन लायक छैनौ' भन्ने नारा लगाएका थिए  ।

‘हामीले पछिल्लो समय स्वभाविक लय भेट्टाउन सकेका छैनौ, आजको हार त लज्जास्पद नै रह्यो’, फर्नान्डेजले भने, ‘त्यसैले समर्थकले विरोध जनाउनु जाजय हो । हामीले सुधारिएको प्रदर्शनका साथ समर्थकलाई खुशी दिनुपर्छ ।’