मछिन्द्र फुटबल क्लब

ब्लु स्टारविरुद्ध सुनिल र विमलले मछिन्द्रको अग्रपंङ्ती सम्हाल्ने

काठमाडौं । एएफसी कप २०२२ छनोटको पहिलो चरणमा श्रीलंकन टोली ब्लु स्टार क्लबविरुद्ध मछिन्द्र फुटबलको क्लबको अग्रपंङ्ती विमल घर्तिमगर र सुनिल बलले सम्हाल्ने भएका छन् ।

प्रारम्भिक चरणका लागि मुख्य प्रशिक्षक प्रवेश कटुवालको पहिलो रोजाईमा अग्रपंङ्तीको जिम्मेवारी सुनिल र विमललाई सुम्पिए ।

विमल र सुनिलबाहेक ब्लु स्टारविरुद्ध मछिन्द्रको पहिलो रोजाईमा विशाल राई (गोलकिपर), ओमोलाजा करिम, सुजल श्रेष्ठ (कप्तान), देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, रन्जित धिमाल, छिरिङ गुरुङ, नुर्लान नोब्भ्रुजोभ र आन्द्रेस चोनकेउ छन् ।

मछिन्द्रले आजको खेल जिते दोस्रो चरणमा भारतीय टोली एटिके मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ ।