बार्सिलोना

पोग्बा भित्र्याउने योजनामा बार्सिलोना

बार्सिलोना । स्पोटिफाइसँगको नयाँ सम्झौताबाट दुइ सय ३५ मिलियन डलर पाए पछि बार्सिलोनाले खर्चका लागि केही अतिरिक्त स्रोत पाएको छ । यसैकारण केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बार्सिलोना इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बालाई भित्र्याउने योजनामा रहेको सार्वजनिक गरेका छन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ मा एथ्लेटिको मड्रिडसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको युनाइटेड हाल प्रिमियर लिगको पाँचौ स्थानमा छ ।

च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वार्टरफाइनलको दोस्रो लेगका दौरान पोग्बाको घरमा चोरी भएपछि उनी हाल सञ्चारमाध्यमको मुख्य हेडलाइन बनेका छन् ।

एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सम्झौताबाट आएको रकमबाट बार्सिलोना टोलीमा केही विकल्प थप्ने योजनामा छ। र, क्याटालनको मुल्य दायराभित्र रहेको कारण पोग्बा यसको सही विकल्प भएको बताइएको छ ।

यस सिजन प्रिमियर लिगमा १६ खेल खेलेको पोग्बाले एक गोल र नौ असिस्ट गरेका छन् ।