झापा गोल्डकप

नारी दिवश विशेषः झापा गोल्डकपमा महिलालाई निःशुल्क टिकट

झापा । नारी दिवसको अवसरमा पाँचौ झापा गोल्डकपअन्तर्गत मंगलबारको खेलमा महिलाहरुले निशुल्क खेल हेर्न पाउने भएका छन् ।

आयोजकले सोमाबर एक विज्ञप्ती जारी गर्दै एक सय १२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गोल्डकपअन्तर्गत मंगलबार हुने खेलमा महिलाहरुले निःशुल्क हेर्न पाउने जनाएको हो ।

‘समस्त आमा,दिदिबहिनीहरुप्रति सम्मान व्यक्त गर्दै समस्त महिलाका लागि भोलि फागुन २४ गते मंगलबार  झापा गोल्डकपको खेल प्रतियोगिता निःशुल्क हेर्ने व्यवस्था मिलाइएको सबैमा जानकारी गराउदछौं । साथै यस अवसरमा सरकारले समेत सार्वजनिक विदा दिएकाले तनावमुक्त भएर समयमै उपस्थित भई खेल हेरेर मनोरञ्जन लिनुहुन सबै महिलामा अनुरोध छ,’ विज्ञप्तीमा भनिएको छ ।