सुजल श्रेष्ठ

सुजललाई पुत्रीलाभ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर सुजल श्रेष्ठलाई पुत्रीलाभ भएको छ ।

सोमबार सुजलकी पत्नी सालिका चन्द ठकुरीले नेपाल मेडिसिटी अस्पतालमा छोरीलाई जन्म दिइन् ।

सुजल र सालिकालाई विवाह बन्धनमा बाँधिएको सात वर्षपछि पहिलो सन्तानको रुपमा पुत्रीलाभ भएको हो ।

सुजलकै कप्तानीमा मछिन्द्र क्लबले सम्पन्न सहिद स्मारक ए डिभिजन लिग २०७८ को उपाधि रक्षा गरेको थियो । यस्तै, नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को फुटबलमा स्वर्ण पदक जित्दा सुजलले नै नेपाली टोलीको कप्तानी सम्हालेका थिए ।