फिफा ब्याच

फिफा रेफ्रीले पाए ब्याच

काठमाडौं । पाँच फिफा रेफ्री र सात फिफा असिस्टेन्ट रफ्रीले सन् २०२२ को फिफा ब्याच पाएका छन् ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमका बीच रेफ्रीहरुलाई ब्याच वितरण गर्यो ।

फिफा रेफ्री नविन महर्जन, कविन ब्यन्जनकार, प्रज्वल क्षेत्री, प्रकाशनाथ श्रेष्ठ र अन्जना राईलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ब्याच वितरण गरे ।

यस्तै, शेर्पाले नानीराम थापामगर, माधव केसी, युनाल मल्ल, सहदेव श्रेष्ठ, विक्रम चौधरी, किसन कनैया यादव र राधिका शाक्यलाई असिस्टेन्ट रेफ्रीको ब्याच प्रदान गरे ।

यसअघि नयाँ वर्षसँगै ब्याच नविकरण नभएकाले रेफ्रीहरुले ब्याचबिनै लिगको सातौं चरणदेखिका खेलहरु खेलाउँदै आएका थिए ।

हाल नेपाललमा फिफा रेफ्रीको कोटा १२ रहेको छ । जसमा दुई महिला र १० पुरुष रेफ्री छन् ।