ललितपुर मेयर्स कप

ललितपुर मेयर कपको पहिलो खेलमा आयोजक र सुदूरपश्चिम भिड्ने

काठमाडौं । ललितपुर मेयर कप महिला च्याम्पियनसिपको मंगलबार हुने पहिलो खेलमा  ललितपुर मेयर्स-११ र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा हुने प्रतियोगिताको पहिलो खेल बिहान ९ बजे हुनेछ । दोस्रो खेलमा प्रदेश नम्बर एक र सशस्त्र प्रहरी बलको एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो एक बजे सुरु हुनेछ ।

प्रतियोगितामा प्रदेश नम्बर एक, एपिएफ, सुदूरपश्चिम, लुम्बिनी प्रदेश र ललितपुर गरी पाँच टोलीको सहभागिता छ । ललितपुर मेयर कपको फाइनल फागुन १६ गते हुनेछ ।