राखेप

नवौं राष्ट्रिय खेलकुदको कार्यविधि र बजेटको खाका तयार गर्ने

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद यसै वर्ष गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकार पाएका कुलबहादुर थापासहितको टोलीले खेलकुद मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

शुक्रबार कार्यकारी समितिका संयोजक थापाको संयोजत्वमा बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद आयोजना गर्न, समय निर्धारण गर्न, व्यवस्थापन तथा बजेटको खाका तयार गर्न खेलकुद मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकमा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको पनि उपस्थिति थियो । बैठकमा राखेपको विभिन्न पदमा कार्यरत करार तथा मासिक ज्यालादारी कर्मचारीको असार मसान्तसम्म म्याद थप गर्ने निर्णय पनि गरेको छ । उनीहरुको गत पुस मसान्तमै म्याद समाप्त भएको थियो ।

त्यस्तै, चीनको होन्जाउमा हुने १९औं एसियाली खेलकुदमा नेपालको सहभागिता र बजेटको विषयमा कुरा गर्ने, रुसमा हुने सातौं चिल्ड्रेन अफ एसिया इन्टरनेसनल स्पोर्ट्स गेम्समा नेपालबाट सहभागी हुने खेलका खेलाडी छनोट गर्न र सहभागी हुनका लागि बजेट व्यवस्थालगायतका विषयमा समेत खेलकुद मन्त्रालयमा कुरा उठाउने निर्णय गरेको छ ।