इटालियन सिरी ‘ए’

भाल्होभिचको युभेन्टस सरुवामा फियोरेन्टिनाका समर्थक आक्रोशित

मिलान । डुसान भाल्होभिच इटालियन सिरी ‘ए’ कै अर्को क्लब युभेन्टसमा अनुबन्धन भएपछि आक्रोशितबनेका फियारेन्टिनाका समर्थकले उनलाई कायरको संज्ञा दिएका छन् ।

सर्बियाका भाल्होभिच शुक्रबार फियोरेन्टिनाबाट ७० मिलियन युरोमा युभेन्टसमा आबद्ध भएइका थिए ।

२२ वर्षे भाल्होभिचले फियोरेन्टिनाको सम्झौता नविकरण प्रस्ताव अस्विकार गरेका थिए । फियोरेन्टिनासँगको वर्तमान सम्झौता अझै १८ महिना बाँकी रहे पनि भाल्होभिचले नयाँ क्लब रोजेका हुन् ।

युभेन्टससँगै भाल्होभिचलाई अनुबन्धन गर्न इङ्लिस प्रिमियर लिग क्लब आर्सनल, टोटनहम र न्युक्यासल युनाइटेडले इच्छा देखाएका थिए । यसअघि फेड्रिको बर्नान्डेस्ची र फेड्रिको केइसा पनि फियोरेन्टिनाबाटै युभेन्टसमा अनुबन्धन भएका थिए 

फियोरेन्निाका समर्थकले भाल्होभिचसँगै क्लबका अध्यक्ष रोको कोभिसो र निर्देशक जो बारवानको समेत विरोध गरेका छन् ।

‘राम्रो खेलाडी राख्न किन क्लबले ध्यान दिदैन’, आक्रोशित समर्थकले क्लबलाई लेखेको पत्रमा भनिएको छ, ‘हामीले बुफोनलाई गुमाएका थियौ, आज भाल्होभिचलाई गुमायौ । भाल्होभिचले पनि क्लबमा बस्न नसक्ने कायरता देखाए । उनले सिरी ’ए' क्लब छोडेर सिरी ‘ए’ कै अर्को क्लबमा गए । उनीसँग अन्य लिग खेल्ने क्षमता भएन । क्लबले उनीबाट धेरै आशा गरेको थियो तर उनले बीचमा धोका दिएका छन् ।'

भाल्होभिचले सन् २०१८ मा   फियोरेन्टिना आएका थिए । उनले यस सिजन २१ खेलमा १७ गोल गरेका छन् ।