राफिन्हा

राफिन्हाका लागि वेस्ट ह्यामको ५० मिलियन पाउन्डको प्रस्ताव अस्वीकार

लन्डन । लिड्स युनाइटेडले वेस्ट ह्यामले ब्राजिलियन फरवार्ड राफिन्हाका लागि गरेको ५० मिलियन पाउन्डको प्रस्ताव अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले दाबी गरेका छन् ।

संघर्षपूर्ण दोस्रो सिजनको सुरुआत गरेका राफिन्हाले मार्सेलो बिएल्साको टोलीलाई रेलिगेसन जोनबाट ७ अंकमाथि राख्न ८ गोल र दुई असिस्टको योगदान गरिसकेका छन् । अहिले उत्कृष्ट लयमा रहेका राफिन्हालाई भित्र्याउनका लागि शीर्ष चारको प्रत्यासी वेस्ट ह्यामले ५० मिलियन पाउन्डको प्रस्ताव गरेको थियो ।

तर, योर्कसायरको क्लबले राफिन्हालाई लन्डन जान नदिने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

राफिन्हाको नाम पछिल्लो समय चेल्सी, लिभरपुल, बायर्न म्युनिख लगायतका क्लबहरूसँग पनि जोडिइरहेको छ । तर, आधिकारिक प्रस्ताव भने वेस्ट ह्यामले मात्रै गरेको र त्यो पनि अस्वीकार भइसकेको छ ।