अफ्रिका कप अफ नेसन्स

इक्वाटोरियल गुयना र इजिप्ट क्वार्टरफाइनलमा

याउन्डे । इजिप्ट र इक्वाटोरियल युयना क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलनमा पुगेका छन् ।

बुधबार राति भएको अन्तिम १६ को खेलमा गुयनाले मालीलाई पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । खेलको निर्धारित समयमा गोल हुन नसकेपछि नतिजा पेनाल्टी सुटआउट मार्फत लिइएको थियो ।

टाई ब्रेकरमा मालीलाई ५–६ को नजितमा पराजित गर्दै गुयनाले क्वार्टरफाइनल यात्रा तय गर्यो ।

यस्तै इजिप्टले कठिन प्रतिद्वन्द्वी आइभरी कोस्टविरुद्ध पेनाल्टी सुटआउटमै जित निकाल्यो । निर्धारित समयमा गोल हुन नसकेको खेलेको नतिजा टाई ब्रेकरमा लिइएको थियो ।

पेनाल्टी सुटआउटमा ५–४ को जित निकाल्दै इजिप्टले क्वार्टरफाइनल यात्रा तय गर्यो ।

यसअघि मोरक्को, सेनेगल क्यामरुन र गाम्बिया क्वार्टरफाइनलमा पुगिसकेका छन् ।