इटालियन सिरी ए

युभेन्टस विजयी

रोम । युभेन्टसले इटालीयन सिरी 'ए'मा शनिबार राति उडिनेसीविरुद्ध २-० को नतिजामा सहज जित निकालेको छ ।  घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई विजयी बनाउन पाउलो डिबाला र वेस्टन म्याकनेनीले एक/एक गोल गरे ।

डिबालाले १९औं मिनेटमा गरेको गोलसँगै युभेन्टसले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो । भ्रमणकारी टोलीमाथि हाबी बनेको युभन्टसले दोस्रो हाफमा थप एक गोल गर्दै सहज जित सुनिश्चित गर्यो ।

दोस्रो हाफमा पनि आक्रामक शैलीलाई निरन्तरता दिएको युभेन्टसका लागि ७९औं मिनेटमा वेस्टनले सुन्दर गोल गर्दै अग्रता दोब्बर पारेका थिए । सोही अग्रताको बचाउ गर्दै युभेन्टसले तीन अंक सुनिश्चित गर्यो ।

जितसँगै २२ खेलबाट युभेन्टस ४१ अंक जोडेर पाचौं स्थानमा छ । अर्कातिर, पराजित उडिनेस २० खेलबाट २० अंकसहित १४औं स्थानमा छ ।

शनिबार राति नै भएको सिरी एकै अर्को खेलमा सेलेरनिटानालाई ३-० ले पराजित गर्दै लाजियो छैटौं स्थानमा उक्लिएको छ । यस्तै टोरिनोले पनि साम्पडोरियालाई २–१ अन्तरले पराजित गर्यो । 
सिरी ए मा २० खेल खेलेको इन्टर मिलान ४९ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ ।