इङ्लिस प्रिमियर लिग

इङ्लिस प्रिमियर लिग: सिटीसँग चेल्सी पराजित

काठमाडौं । केभिन डी ब्रयुनाको निर्णायक गोलप्रेरित म्याचेस्टर सिटीले शनिबार राति इङ्लिस प्रिमियर लिगमा चेल्सीविरुद्ध १-० गोलको नतिजामा जित निकालेकवो छ । सिटीको घरेलु मैदानमा इदिहाद रंगशालामा भएको खेलमा डी ब्रुयनाले ७०औं मिनेटमा गरेको एक मात्र गोल निर्णँयक बन्यो ।

जुवान कानसेलोले दिएको पासलाई पेनाल्टी एरिया बाहिरबाट प्रहार गर्दै डी ब्रुयनाले सिटीका लागि सुन्दर गोल गरेका थिए ।

जितसँगै पेप ग्वार्डिओलाको सिटीले अंक तालिकाको शीर्षस्थानमा १३ अंकको अग्रता बनाएको छ । २२ खेलबाट सिटीको ५६ अंक छ । पराजित चेल्सी समान २२ खेलबाट ४३ अंक जोडेर दोस्रो स्थानमा छ ।