काठमाडौं । करिब एक वर्षपछि बिहीबार बस्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिकको पूर्णकालिन बैठक सुरु हुनुअघि मुख्यालय परिसरमा प्रहरी तैनाथ गरिएको छ । कार्यसमिति सदस्यले माग गरे पश्चात बस्न लागेको बैठकमा १९ वटा एजेन्डामा छलफल गर्ने एन्फाको तयारी छ ।
यद्यपि, एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने बैठक सुरु भइनसकेको र प्रहरीको उपस्थितिबारे आफूलाई केही जानकारी नभएको खेलाडीसँग बताए ।
‘बैठक सुरु भएको छैन, प्रहरीको उपस्थितिबारे मलाई जानकारी भएन,’ महासचिव तुलाधरले भने ।
केही बेरमा सुरु हुने तर्खरमा रहेको बैठकमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ नेतृत्वको असन्तुष्ट समूहले प्रहरीको उपस्थितिलाई लिएर कुरा उठाउने तयारी गरिरहेको स्रोतले बताएको छ ।