बार्सिलोना

बार्सिलोनाका थप तीन खेलाडी कोभिड संक्रमित

मड्रिड । स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका तीन खेलाडी कोभिड १९ संक्रमित भएका छन् ।

बार्सिलोनाले बुधबार सम्पूर्ण टोलीको पिसीआर परिक्षणका दौरान स्ट्राइकर ओस्मान डेम्बेले, स्यामुयल उम्टिटी र गाभीको कोभिड रिर्पोट पोजिटिभ आएको जनाएको हो ।

‘सम्पूर्ण टोलीको पिसीआर टेस्ट गर्दा डेम्बेले, उम्टिटी र गाभीको रिर्पोट पोजिटिभ आएको छ । संक्रमित खेलाडीको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन र उनीहरु घरमै आइसोलेसनमा बसेका छन्,’ क्लबले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसअघि बार्सिलोनाले मंगलबार जोर्डी अल्बा र एलेजान्द्रो ब्लाडे र सोमबार क्लेमेन्ट लङ्लेड र ड्यानी आल्भेस कोभिड संक्रमण भएको पुष्टि गरेको थियो ।