बास्केटबल

‘प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता’ आइतबारदेखि

काठमाडौं । शिव सेना नेपाल, ललितपुरले आइतबारदेखि ‘प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता’ आयोजन गर्ने भएको छ ।

शिव सेना नेपालका अध्यक्ष रविन्द्र अवालेका अनुसार प्रतियोगिता बिहीबारदेखि हुने तालिका रहेपनि प्राविधिक कारणले तीन दिन ढिलो गरि सुरु हुन लागेको हो ।

चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा हुने प्रतियोगितामा आठ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी आठ टोली दुई समूहमा विभाजित छन् ।  

समूह ‘ए’ मा टाइम्स, कीर्तिपुर, विएमके र गोल्डेनगेट रहेका छन् । समूह ‘बी’ मा रोयल, गोड्स, स्कल क्यान्डी र क्याम्पियन छन् ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै ‘मोस्ट भेलुएबल प्लेयर’ ले १० हजार नगद पाउने छन् ।