इङ्लिस प्रिमियर लिग

हाम्रो प्रदर्शन निकै खराब रह्योः क्लोप

लन्डन । इङ्लिस प्रिमियर लिगमा मंगलबार लेस्टर सिटीसँग १-० ले पराजित भएपछि लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले आफ्नो टोलीको प्रदर्शन खराब रहेको बताएका छन् ।

‘लेस्टर जितका लागि योग्य थियो । यो निकै फरक खेल थियो । हामीले खेलमा फर्किने सुन्दर मौकाहरु बनाउँदा पनि हाम्रो प्रदर्शन खराब रह्यो,’ क्लोपले भने, ‘हाम्रा खेलाडीले बलमा नियन्त्रण राख्न सकेनन् । हामीले निकै खराब खेल देखायौं र यसैकारण हामी जितको लायक थिएनौं ।’

लेस्टरको मैदान किंग पावर रंगशालामा १६औं मिनेटमा प्राप्त पेनाल्टीलाई मोहमद सलाहले सदुपयोग गर्न नसक्दा लिभरपुलले लिगमा महत्वपूर्ण तीन अंक गुमाउनु परेको थियो ।