कपिलवस्तु तिलौराकोट गोल्डकप

सहज जित निकाल्दै हनामी फाइनलमा

कपिलवस्तु।  सुदूरपश्चिम ११ माथि ३-० को सहज जित निकाल्दै हनामी बिएफसी प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनल प्रपेश गरेको छ ।

कपिलवस्तुस्थित बुद्ध रंगशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा हनामीलाई जित दिलाउन  विकास थापाले दुई तथा तेजेन्द्र चौधरीले एक गोल गरे ।

खेलको १३औँ मिनेटमा तेजेन्द्रले गोल गर्दै हनामीलाई अग्रता दिलाएका थिए। २६औं मिनेटमा विकासले टोलीको अग्रता दोब्बर बनाए ।

विकासले ६१औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै हनामीलाई ३-० को जित दिलाए ।

हनामीले मछिन्द्र फुटबल क्लब र सुदूरपश्चिमले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै समेमिफाइनलमा स्थान बनाएका थिए ।

हनामीले उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पुलिसले बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा थ्री स्टार क्लबलाई १-० ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल शनिबार हुनेछ।