नेपाल बेसबल तथा सफ्ट बल संघ

बेसबल विकासका लागि त्रिपक्षीय सम्झौता

काठाडौं । नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल बेसबल तथा सफ्ट बल संघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघबीच बिहीबार त्रिपक्षीय सम्झौता भएको छ 

विद्यालय खेलकुदका अध्यक्ष विनोद श्रेष्ठ, बेसबल तथा सफ्ट बल संघका अध्यक्ष दीपक न्यौपाने र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

बेसलमा उमेरसमूहको प्रतियोगिता, प्रशिक्षण, विद्यालयस्तरदेखि बेसबलको विकास र प्रवद्र्धन, अन्तर्राष्ट्रिय सहभागिता, भौतिक पूर्वाधार लगायतमा सहकार्य गर्ने  सम्झौता भएको जनाइएको छ ।

यसअघि नेपाल रग्बी संघ, नेपाल ब्याडमिन्टन संघ र नेपाल बास्केटबल संघसँग यस्तो सम्झौता भएको थियो ।