एन्जल डि मारिया

रोजारियो सेन्ट्रल फर्किने डि मारियाको इच्छा

काठमाडौं । अर्जेन्टाइन विंगर एन्जल डि मारियाले आफ्नो बाल्यकालको क्लब रोजारियो सेन्ट्रल फर्किने इच्छा देखाएका छन् ।

हाल पोर्चुगिज क्लब बेन्फिकाबाट खेलिरहेका ३६ वर्षीय डि मारियाले रोजारियो सेन्ट्रलबाटै करिअरको अन्त्य गर्न चाहेको बताएका हुन् ।

सन् १९९२ मा रोजारियो सेन्ट्रलको एकेडेमी भित्रिएका डि मारियाले सन् २००५ मा सिनियर टोलीका लागि डेब्यू गरेका थिए ।

डि मारिया सन् २००७ मा रोजारियो सेन्ट्रल छाडेर बेन्फिका पुगेका थिए । उनी रियाल मड्रिड, म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मन ( पिएसजी), युभेन्टस हुँदै सन् २०२३ मा बेन्फिका फर्किएका थिए ।