स्पेनिस ला लिगा

ला लिगामा रियाललाई सात अंकको अग्रता

काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले सात अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा रियालले सेल्टा भिगोलाई ४–० ले हरायो ।

जितपछि २८ खेलबाट रियालले ६९ अंक जोडेको छ । दोस्रो स्थानको जिरोनाको समान खेलबाट ६२ र बार्सिलोना ६१ अंकसहित तेस्रो स्थानमा छन् । यो खेलपछि रियालको उपाधि सम्भावना बलियो भएको छ । यस खेलसँगै मिडफिल्डर टोनी क्रुसले रियालबाट तीन सय र लुका मोड्रिकले ३५० खेल पूरा गरेका छन् ।

घरेलु मैदानमा रियालले आक्रामक खेल खेल्दा भ्रमणकारी सेल्टा भिगो दबाबमा आएको थियो । रियालको जितमा भिनिसियस जुनियर र एर्डा गुलेरले गोल गरे । दुई गोल आत्माघाति रह्यो ।

खेलको २१औं मिनेटमा जुनियरले अग्रता दिलाए । भिसेन्ट गुइटाले ७९औं मिनेटमा आत्माघाति गोल गरेका हुन् । खेल सकिन दुई मिनेटअघि कार्लाेस डोमिनगुइजले अर्काे आत्माघाति गोल गरे । १९ वर्षीय खेलाडडी गुलेरले इन्जुरी समयमा गोल गर्दै सहज जित दिलाएका हुन् ।