खुल्ला फुटसल प्रतियोगिता

खुल्ला फुटसल प्रतियोगिताः जेएफए च्याम्पियन

काठमाडौँ । जुनियर फुटबल एकेडेमी (जेएफए) स्पोर्टस नेपाल अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भएको सेभेन ‘ए’ साइड खुल्ला फुटसल प्रतियोगिताको चौथो संस्करणमा च्याम्पियन बनेको छ ।

बौद्ध अजिमा समाजको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा जेएफएले सिम्बा खुकुरीलाई १-० ले पराजित गर्यो । जेनिफर रानाले गरेको एक मात्र गोल जेएफएको जितमा निर्णायक बन्यो ।

 विजेता जेएफएले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यसैगरी उपविजेता सिम्बा खुकुरीले २० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पायो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जेएफएकी जेनिफर राना घोषित भइन् । यसैगरी जेएफएकै झरना बायु उत्कृष्ट गोलकिपर चुनिइन् ।

प्रतियोगितामा नौ टोलीले सहभागिता जनाएका थिए ।