बायर्न म्युनिख

बायर्न छाड्ने मुसियालाको चाहना

काठमाडाैं । जर्मन क्लब बायर्न म्युनिखका मिडफिल्डर जमाल मुसियालाले क्लब छाड्ने इच्छा देखाएका छन् । विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार जर्मनीका मुसियालाले क्लबसँग नयाँ सम्झौता गर्न मानिरहेका छैनन् ।

सन् २०१९ मा इङ्लिस क्लब चेल्सीबाट बायर्नको एकेडेमी पुगेका मुसियालाले सन् २०२० मा सियिनर टोलीका लासिग डेब्यू गरेका थिए । उनले क्लबका लागि १०९ जर्मन बुन्डेसलिगा खेलमा ३० गोल गरेका छन् ।