पाउल पोग्वा

पोग्वामाथि चार वर्षकाे प्रतिबन्ध

काठमाडौं । युभेन्ट्स तथा फ्रेन्च स्टार पाउल पोग्वा  फुटबल गतिविधिबाट चार वर्षको लागि प्रतिबन्ध भएका छन् । डोपिङमा संलग्न भएपछि ३० वर्षीय खेलाडीले सन् २०२९ सम्मको फुटबल गुमाउने पक्का भएको छ ।

इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडका खेलाडीले पोग्वाले ३४ वर्षसम्म कुनै पनि फुटबल खेल्न पाउने छैनन् । योसँगै उनको फुटबल खेल्ने समय लगभग समाप्त भएको छ ।

पोग्वासम्मिलित फ्रान्सले सन् २०१८ मा फिफा विश्वकप जितेको थियो । तर, युभेन्ट्सबाट खेल्दा मापदण्ड बिपरित औषधीसेवन गरेको कारण उनलाई प्रतिबन्ध गरिएको हो ।

‘उनी १५ वर्षको उमेरमा मैले देख्दा निकै खतरानाक खेलाडी थिए । एक पुस्ताका प्रतिभावान खेलाडी हुन्,’ फ्रान्सका फुटबल पत्रकार जुलियन रौरेन्सले बिसिसीसँग भनेका छन् ।

उनले युभेन्ट्सबाट चार सिरी ए उपाधि पनि हात पारेका थिए । उनी गत सेप्टेम्बरमा डोपिङ घटनापछि फुटबलबाट बाहिर रहँदै आएका थिए । उनलाई निलम्बन गरेर अनुसन्धान गरिएको थियो ।

इटालियन नेस्नल एन्टी डोपिङ (नाडो)ले डोपिङमा संलग्न भएको पुष्टि गरेको छ ।

यद्यपि पोग्वाले आफू गलत नभएको र जानी नजानी डोपिङ नगरेको दाबी गरेका छन् । उनले पुनरावेदन गर्ने पुष्टि गरेका छन् । उनले कानुनी प्रक्रियाबाट मुक्त भएपछि सबै घटना स्पष्ट पार्ने पनि बताएका छन् ।