एट्लेटिको मड्रिड

ग्रिनउड भित्र्याउने एट्लेटिकोको इच्छा

काठमाडौं ।  स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडले इङ्लिस फरवार्ड मेसन ग्रिनउड अनुबन्धमा इच्छा देखाएको छ ।  

एटलेटिकोले जनवरी ट्रान्सफर विन्डो इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट ग्रिनउडलाई भित्र्याउन चाहेको हो । ग्रिनउड अहिले स्पेनकै गेटाफेबाट लोनमा खेलिरहेका छन् । गत वर्ष गेटाफे पुगेका ग्रिनउडले क्लबका लागि १९ स्पेनिस ला लिगा खेलमा पाँच गोल गरेका छन् ।