इटालियन सुपर कप

इन्टरलाई सुपर कपको उपाधि

काठमाडौं । नापोलीलाई १–० ले हराउँदै इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ ।

सोमबार राति भएको खेलमा लौटारो मार्टिनेजले निर्णायक गोल गरेपछि इन्टर विजयी भएको हो । खेलको इन्जुरी समयमा बेन्जामिन पाभार्डले मिलाएको पासलाई सदुपयोग गर्दै अर्जेन्टिनी स्टार मार्टिनेजले गोल गरेका हुन् ।

खेलको ६०औं मिनेटमा जिओभानी सेमोइनले दोहोरो पहेँलो कार्ड सामना गरेपछि नापोली दबाबमा आएको थियो । आक्रामक बनेको फाइनल खेलमा १० पहेंलो कार्ड देखाइएको थियो ।

योसँगै इन्टरले प्रतियोगितामा लगातार चौथो पटक जितेको छ । यसअघि सन् २०२१, २०२२ र २०२३ मा उपाधि जितेको हो ।