चैत्र ६, २०८२ शुक्रबार | २२:३१:३८
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

ओप्स खेलकुद महोत्सवः सुवास र युनिशालाई स्वर्ण

सुवास रावत

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमीका सुवास रावत र हिमरश्मिकी युनिशा पाठकले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन् । सुवास ब्वाइज तथा युनिशा गर्ल्समासमा पहिलो भएका हुन् ।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्धारा आयोजित प्रतियोगितामा सुवासले निर्धारित दूरी १ मिनेट ०१.५७ सेकेन्डमा पूरा गरे । कौशलका आशिष रावलले रजत तथा ज्ञान मन्दिरका सद्रिस सिम्खडाले कांस्य पदक जिते ।

युनिशाले १ मिनेट १६.०९ सेकेन्ड समय निकालिन् । श्रृजना ज्ञान सागरकी रुस्मा अम्गाईंले रजत तथा विभूतिकी वर्षा श्रेष्ठले कांस्य पदक हात पारे ।

युनिशा पाठक

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको २ सय मिटर दौडको ब्वाइजमा लालीगुराँसका सुदिप पाण्डे २६.०६ सेकेन्ड समयसाथ पहिलो भए । हिमरश्मिका नवीन महत दोश्रो तथा फेरिल्यान्ड मदन गडाइली तेश्रो बने ।

सो स्पर्धाको गर्ल्समा हिमरश्मिकी ममता बरालले स्वर्ण जितिन् । ममताले निर्धारित दूरी तय गर्न ३२.३६ सेकेन्ड समय खर्चिइन् । कौशलकी सुजश्री विष्ट दोश्रो तथा फेरिल्यान्डकी अपेक्षा ढुंगाना तेश्रो स्थानमा रहे ।

ब्वाइजको त्रिजम्पमा लालीगुराँसका दीपेन्द्र गिरी पहिलो भए । उनले ११.१७ मिटर जम्प गरे । श्रृजना ज्ञान सागरका रविन तामाङ दोश्रो तथा एन्जल्स हार्टका हिमसागर पुन तेश्रो भए । उक्त स्पर्धाको गर्ल्समा ७.६४ मिटर जम्प गरेकी श्रृजना ज्ञान सागरकी ग्रिष्मा देवकोटा शीर्ष स्थानमा रहिन् । हिमरश्मिकी सुनिशा मिश्र दोश्रो तथा ज्ञान मन्दिरकी अनु बराम तेश्रो भए ।

निग्सिका ओझा

ज्याभ्लिन थ्रोको ब्वाइजमा ज्ञान मन्दिरका ज्ञान मन्दिरका यारिश मगर पहिलो बने । उनले ३६.६० मिटर थ्रो  गरे । फेरिल्यान्डका उत्सव गुरुङ दोश्रो र सेबका अर्जुन राना मगर तेश्रो भए । सो स्पर्धाको गर्ल्समा हिमरश्मिकी निग्सिका ओझा पहिलो भइन् । नसिकाले १३.२० मिटर टाढा फालिन् । कौशलकी आस्मा गुरुङ दोश्रो र न्युटनकी एन्जल तेश्रो स्थानमा रहे ।

४ गुणा १ मिटर रिलेको गर्ल्समा हिमरश्मि पहिलो, लालीगुराँस दोश्रो र फेरिल्यान्ड तेश्रो बने । उक्त स्पर्धाको ब्वाइजमा लालीगुराँस, हिमरश्मि र कौशल क्रमशः शीर्ष तीनमा रहे । यसँगै एथलेटिक्स खेल सम्पन्न भएको छ ।

फुटबलः ज्ञान मन्दिर सेमिफाइनलमा
ब्वाइज फुटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

फुटबलमा प्रतिस्पर्धा गर्दै  ज्ञान मन्दिर र हिमरश्मि

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ज्ञान मन्दिरले हिमरश्मिलाई ३-० ले पराजित गर्यो । ज्ञान मन्दिरका सुशान्त थापा मगर र विकास गुरुङले समान एक गोल गरे । एक गोल आत्माघाती रह्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो