पुस २५, २०८२ शनिबार | ०४:३७:३६
साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान

ओप्स खेलकुद महोत्सवः सुवास र युनिशालाई स्वर्ण

सुवास रावत

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमीका सुवास रावत र हिमरश्मिकी युनिशा पाठकले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन् । सुवास ब्वाइज तथा युनिशा गर्ल्समासमा पहिलो भएका हुन् ।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्धारा आयोजित प्रतियोगितामा सुवासले निर्धारित दूरी १ मिनेट ०१.५७ सेकेन्डमा पूरा गरे । कौशलका आशिष रावलले रजत तथा ज्ञान मन्दिरका सद्रिस सिम्खडाले कांस्य पदक जिते ।

युनिशाले १ मिनेट १६.०९ सेकेन्ड समय निकालिन् । श्रृजना ज्ञान सागरकी रुस्मा अम्गाईंले रजत तथा विभूतिकी वर्षा श्रेष्ठले कांस्य पदक हात पारे ।

युनिशा पाठक

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको २ सय मिटर दौडको ब्वाइजमा लालीगुराँसका सुदिप पाण्डे २६.०६ सेकेन्ड समयसाथ पहिलो भए । हिमरश्मिका नवीन महत दोश्रो तथा फेरिल्यान्ड मदन गडाइली तेश्रो बने ।

सो स्पर्धाको गर्ल्समा हिमरश्मिकी ममता बरालले स्वर्ण जितिन् । ममताले निर्धारित दूरी तय गर्न ३२.३६ सेकेन्ड समय खर्चिइन् । कौशलकी सुजश्री विष्ट दोश्रो तथा फेरिल्यान्डकी अपेक्षा ढुंगाना तेश्रो स्थानमा रहे ।

ब्वाइजको त्रिजम्पमा लालीगुराँसका दीपेन्द्र गिरी पहिलो भए । उनले ११.१७ मिटर जम्प गरे । श्रृजना ज्ञान सागरका रविन तामाङ दोश्रो तथा एन्जल्स हार्टका हिमसागर पुन तेश्रो भए । उक्त स्पर्धाको गर्ल्समा ७.६४ मिटर जम्प गरेकी श्रृजना ज्ञान सागरकी ग्रिष्मा देवकोटा शीर्ष स्थानमा रहिन् । हिमरश्मिकी सुनिशा मिश्र दोश्रो तथा ज्ञान मन्दिरकी अनु बराम तेश्रो भए ।

निग्सिका ओझा

ज्याभ्लिन थ्रोको ब्वाइजमा ज्ञान मन्दिरका ज्ञान मन्दिरका यारिश मगर पहिलो बने । उनले ३६.६० मिटर थ्रो  गरे । फेरिल्यान्डका उत्सव गुरुङ दोश्रो र सेबका अर्जुन राना मगर तेश्रो भए । सो स्पर्धाको गर्ल्समा हिमरश्मिकी निग्सिका ओझा पहिलो भइन् । नसिकाले १३.२० मिटर टाढा फालिन् । कौशलकी आस्मा गुरुङ दोश्रो र न्युटनकी एन्जल तेश्रो स्थानमा रहे ।

४ गुणा १ मिटर रिलेको गर्ल्समा हिमरश्मि पहिलो, लालीगुराँस दोश्रो र फेरिल्यान्ड तेश्रो बने । उक्त स्पर्धाको ब्वाइजमा लालीगुराँस, हिमरश्मि र कौशल क्रमशः शीर्ष तीनमा रहे । यसँगै एथलेटिक्स खेल सम्पन्न भएको छ ।

फुटबलः ज्ञान मन्दिर सेमिफाइनलमा
ब्वाइज फुटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

फुटबलमा प्रतिस्पर्धा गर्दै  ज्ञान मन्दिर र हिमरश्मि

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ज्ञान मन्दिरले हिमरश्मिलाई ३-० ले पराजित गर्यो । ज्ञान मन्दिरका सुशान्त थापा मगर र विकास गुरुङले समान एक गोल गरे । एक गोल आत्माघाती रह्यो ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||