इटालियन सिरी ए

युभेन्ट्सको सहज जित

काठमाडौं । इटालियन सिरी ए मा युभेन्ट्सले सासउलोविरुद्ध ३–० को जित निकालेको छ ।

मंगलबार राति घरेलु मैदानमा डुसान भ्लाहोभिकले दुई गोल गरेपछि युभेन्ट्स सहज जित निकाल्न सफल भएको हो । खेलको पहिलो हाफमै युभेन्ट्सले दुई गोल गरेको थियो ।

१५औं मिनेटमा फावियो मिरेटीको पासमा डुसानले पहिलो गोल गरे । ३७औं मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गरेका हुन् । खेल सकिन एक मिनेटअघि फेडेरिको चिइसाले तेस्रो गोल थपे ।

जितपछि २० खेलबाट ४९ अंक जोडेको युभेट्स दोस्रो स्थानमा छ । सासउलो १९ अंकसहित १४औं स्थानमा रह्यो । समान खेलबाट ५१ अंक जोडेको इन्टर मिलान शीर्ष स्थानमा छ ।