फाल्गुन ३, २०८१ शनिबार | ११:५४:४४
नेपाललाई जित्नैपर्ने दबाब अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कस्ता छन् नेपालका प्रतिद्वन्द्वी ? फेरि प्रतिबन्धमा पाकिस्तानी फुटबल पालो ब्युँताइएको च्याम्पियन्स ट्रफीको उत्कृष्ट बाहिर, पुरानालाई नै अवसर ग्रिनपिस फाइनलमा कराते खेलाडी विपिनलाई उपचार खर्च हस्तान्तरण चितवनको मार्की खेलाडीमा अञ्जन श्रीलंकालाई एकदिवसीय शृंखला युवा टोलीको नेतृत्व सिमान्त थापामगरले गर्ने नेपाललाई जित्नैपर्ने दबाब अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कस्ता छन् नेपालका प्रतिद्वन्द्वी ? फेरि प्रतिबन्धमा पाकिस्तानी फुटबल पालो ब्युँताइएको च्याम्पियन्स ट्रफीको उत्कृष्ट बाहिर, पुरानालाई नै अवसर ग्रिनपिस फाइनलमा कराते खेलाडी विपिनलाई उपचार खर्च हस्तान्तरण चितवनको मार्की खेलाडीमा अञ्जन श्रीलंकालाई एकदिवसीय शृंखला युवा टोलीको नेतृत्व सिमान्त थापामगरले गर्ने

रेफ्रीको ब्याच भोटसँग ‘सौदाबाजी’

काठमाडौं । दशरथ रंगशालामा नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करण तामझामका साथ चलिरहेको छ । प्रतियोगितामा ३४ खेल सम्पन्न भइसक्दा प्लेअफ पुग्ने सबै टोलीको टुंगो लाग्न बाँकी छ ।

हरेक खेल प्रतिस्पर्धात्मक र रोचक बनिरहेका छन् । तर, उत्तिकै विवादास्पद पनि । विवादको केन्द्रमा परेका छन् रेफ्री । हरेक टोलीको हारपछिको निशानामा रेफ्रीमाथि पर्दै आएको छ । 

आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले जारी एनएसएलका लागि भारतबाट तीन रेफ्री झिकाएको थियो । नेपालका फिफा र राष्ट्रिय रेफ्रीले पनि एनएसएल खेलाइरहेका छन् ।

पछिल्लो दशक नेपाली रेफ्रीवृत्तमै उत्कृष्ट मानिएका फिफा रेफ्री प्रकाशनाथ श्रेष्ठ भने जारी एनएसएलमा भूमिकाविहीन छन् । नेपाली फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको राजनीतिक खिचातानीमा प्रकाश र पूरा रेफ्रीहरू परेको उनीहरूको आरोप छ ।  

फिटनेस टेस्ट पार गर्न नसकेका कारण देखाउँदै एन्फाको रेफ्री कमिटीले प्रकाशको फिफा ब्याच नवीकरण नगर्ने निर्णय गरेको थियो । पछिल्लो तीन वर्षदेखि एएफसीको एलिट कोर्स गरिरहेका उनी भने फिफा रेफ्रीले फिटनेसमा एकपटक फेल भए पनि दोस्रो पटक मौका पाउनुपर्नेमा नियतवश आफूलाई त्यस्तो कुनै मौका नदिइएको बताउँछन् । 

आफू घाइते भएका बेला नियतवश फिटनेस टेस्ट राखिएको बताउँदै उनले गुनासो पोखे, ‘एएफसीको एलिट रेफ्री बन्ने लक्ष्यमा मैले लामो समयदेखि मिहिनेत गरेको थिएँ । मेरो मात्र नभई त्यसमा नेपाली फुटबलकै लगानी थियो । तर रेफ्री विभागको पूर्वाग्रहका कारण त्यो सबै खेर गयो ।’

‘एन्फा नेतृत्वले गरेको अपमानका कारण यो पेसाबाट टाढिएको हुँ,’ खेलाडी डटकमसँग प्रकाशले भूमिकाविहीन हुनुपरेको कारण खुलाए, ‘केही साथीहरू एक वर्षपछि फर्कनुपर्छ भन्नुहुन्छ । तर, मेरो त एउटा लक्ष्य थियो । यो वर्षभित्र एएफसीको मापदण्डअनुसार इलिट पास गर्ने थियो । मेरो लक्ष्य नेपालमा घरेलु प्रतियोगिता मात्रै खेलाउने हैन । एएफसीका ठूला प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गर्नु थियो । अब ब्याच खोसिएपछि मैले आफैंले यो स्थान ओगट्ने भन्दा पनि नयाँलाई अवसर दिने सोच बनाएँ ।’

प्रकाशकै आरोपलाई आधार मान्ने हो भने कात्तिक २३ मा हेटौैंडामा सम्पन्न एन्फाको विशेष साधारणसभामा भोट प्राप्तिका लागि एन्फा नेतृत्वले फिफा रेफ्रीमा बार्गेनिङ गरेको थियो । बार्गेनिङमा थियो, प्रकाशको फिफा ब्याच खोसिने र कोशी प्रदेशका राष्ट्रिय रेफ्री श्याम दनुवारलाई उक्त ब्याच दिने । दनुवारलाई फिफा ब्याच दिए कोशी प्रदेशको सबै १० भोट पंकज नेम्वाङको पक्षमा दिन जिल्लाहरू एकमत भएको प्रकाशको बुझाइ छ ।

‘हो म फिटनेस टेस्टमा फेल भएको हो । तर, मसँग फिफा ब्याच थियो । उदारहण हेर्ने हो भने फिफा ब्याच भएको फिटनेसमा फेल हुँदा दोस्रो अवसर पाउँछ । तर, मेरो हकमा यो लागू भएन । किनभन्दा यो सबै बार्गेनिङ भइसकेको थियो,’ प्रकाशले खुलेर भने ।

प्रकाश फेल भएपछि एन्फाको रेफ्री कमिटी र रेफ्री संघले पुनः टेस्ट लिने बताएको पनि थियो । तर, एन्फा अध्यक्ष नेम्वाङको आदेशपछि पुनः फिटनेस टेस्ट नै नलिइएको बताइन्छ ।

‘सुरुमा फेरि फिटनेस टेस्ट लिने कुरा भएको थियो । तर, कमिटीका अध्यक्ष (बुद्धिबहादुर गुरुङ) ले एन्फा अध्यक्षलाई गाह्रो हुने भन्दै पुनः टेस्ट लिनुभएन,’ प्रकाशले भने ।

एनएसएलमा धेरै रेफ्रीको विवाद आउँदा प्रतियोगिताका प्राविधिक निर्देशक सञ्जिव मिश्रले प्रकाशलाई फर्काउन प्रयास नगरेका हैनन् । ‘उनी (प्रकाश) नेपाली रेफ्रीमध्येकै उत्कृष्ट हुन् । मैले मैदान फर्कन अनुरोध गरेको हो । तर, सोचेजस्तो भएन,’ मिश्रले प्रस्ट्याए ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९-८० मा भएको लिगमा प्रकाशले सबैभन्दा धेरै खेल खेलाएका थिए । त्यही कारण अन्तिममा उनी घाइते भएका थिए । नेपालमा हुने सबैखाले ठूला खेलमा सिठी बोकेर दौडिइरहने प्रकाशमा खेल नियन्त्रणमा राख्न सक्ने क्षमतावान रेफ्री भएको मानिन्छ । यही कारण उनी सबैजसो महत्त्वपूर्ण अवसरमा पहिलो रोजाइमा पर्ने गर्थे । तर, धेरै खेल खेलाउँदाको मूल्य उनले फिटनेस टेस्टमा फेल भएर ब्याच गुमाएका छन् । अब जनवरीमा एन्फाले ब्याच बाँड्दा प्रकाशको स्थानमा श्यामले ब्याच प्राप्त गर्नेछन् ।

ललितपुरको पाटनमा जन्मिएका ३४ वर्षीय प्रकाशले सन् २००७ देखि एन्फा रेफ्रीबाट यो पेसा सुरु गरेका थिए । खेलाडीको रूपमा उनले विभागीय टोली नेपाल पुलिस क्लब र ब्वाइज युनियनबाट खेले । तर, गोलकिपरको भूमिका रहने यिनी कहिल्यै पनि राम्रो खेलाडी बन्न सकेनन् । सधैं बेन्चमै सीमित भएपछि रेफ्री पेसामा जोडिएका हुन् । बाल्यकालदेखि नै रेफ्री पेसालाई मन पराउने प्रकाश एक वर्षमै राष्ट्रिय रेफ्रीमा बढुवा भए । सन् २०१३ मा फिफा सहायक रेफ्री बने ।

पाँच वर्ष सहायक रेफ्रीको रुपमा झण्डा बोकेर दौडिएपछि उनले आफूलाई रेफ्रीको भूमिकामा निखार्न थाले । सन् २०१८ देखि तीन वर्ष रेफ्रीको भूमिका रहे । सन् २०२१ मा फिफा रेफ्री ब्याच प्राप्त गरेदेखि उनको यात्रा चुलिएको थियो । फिफा रेफ्रीसँगै उनी देश तथा विदेशमा धेरैको नजरमा पर्न थाले । मैदानमा तनावपूर्ण समयमा रातो कार्ड दर्शन गराउँदा पनि पूरा दन्तलहर देखाएर हाँस्न सक्नु उनको विशेष खुबी थियो । त्यसैले फिफाको धेरै प्रतियोगिता खेलाउन देश, विदेशमा पुगेका हुन् ।

नेपाली रेफ्रीलाई उपल्लोस्तरमा लैजाउन उनी एएफसी एलिट रेफ्री कोर्स गर्न पुगेका थिए । पछिल्लो तीन वर्ष निकै राम्रो भएको थियो । यही एक वर्ष उनीमाथि नेतृत्वले हमला नगरेको भए उनले एलिट रेफ्रीको हैसियत प्राप्त गर्ने थिए ।

पूर्वाग्रही हिसाबले प्रकाशसँगै अर्का फिफा रेफ्री प्रज्वल क्षेत्रीको पनि ब्याच खोसिएको उनी बताउँछन् । एक व्यक्तिकै कारण एएफसीले दुवैलाई एलिट प्यानलबाट हटाएको छ । 

‘एन्फाले पूर्वाग्रही रूपमा हामीलाई हेरियो । व्यक्ति हाबी हुँदा फिफा ब्याचमा खोसियो । एएफसीमा उजुरी गरेर हाम्रो एलिट पनि खोसिएको छ,’ रेफ्री संघ र रेफ्री विभागको नेतृत्व आफूहरूप्रति पूर्वाग्रही रहेको बताउँदै प्रकाश थप्छन्, ‘हामीले ४–४ वर्षदेखि गरिएको मिहिनेत खेर गयो । हाम्रो उपलब्धि भनेको पूरा फुटबल र राज्यकै उपलब्धि थियो । व्यक्ति हाबी भएर पूर्वाग्रही हिसाबले एलिट पनि खोसिएको छ । हामीले एएफसीकै साथीहरूसँग पनि बुझ्यौं । तर, एफएकै कारण हो भन्छन् । उनीहरू अपिल गर भन्छन् । तर, एफए त्यो चाहँदैन ।’

हेटौैंडामा अध्यक्ष नेम्वाङले विश्वासको मत लिएलगत्तै प्रकाशले भोटको राजनीतिमा आफूलाई सिकार बनाएको भन्दै सामाजिक सञ्जालबाट नेतृत्वप्रति आरोप लगाएका थिए । यत्रो आरोप लगाइरहँदा एन्फाले भने स्पष्टीकरण लिनेबाहेक आफू जवाफदेही भएको देखिँदैन ।

आफ्नो पद जोगाउनका लागि एउटा ठूलो सम्भावना बोकेको रेफ्रीको करियरमाथि खेलवाड गरेको आरोप अध्यक्षमाथि लागेको छ । नेम्वाङमाथि लागेको यो अर्को गम्भीर आरोप हो । यसअघि वरिष्ठ उपाध्यक्ष हुँदा पनि एक होनहार खेलाडीलाई हटाएर उमेर समूहको राष्ट्रिय टिममा जबरजस्ती आफ्नो छोरालाई राखेको आरोप उनीमाथि थियो नै ।

आरोपित अध्यक्ष नेम्वाङ अहिले साउदी अरेबियामा छन् । राष्ट्रिय टिममा आफ्नो छोरा राखेको आरोपमा उनले ‘होइन’ भन्नुबाहेक खण्डन गर्न सकेका छैनन् । भलै, उनका छोरा पात्थुहाङ नेम्वाङलाई त्यसअघि वा पछि नेपाली घरेलु फुटबलमा कहीँकतै देख्न सकिएको छैन ।

फेरि दोस्रो पटक उस्तै गम्भीर आरोप लागेको छ । पक्कै पनि नेम्वाङले देश फर्किएपछि यसको चित्तबुझ्दो जवाफ देलान् । किनकि लोकतन्त्रमा नेतृत्वतिर सोझिएको कुनै पनि प्रश्न अनुत्तरित हुनुहुँदैन ।

यो पनि

https://youtu.be/CiHfYCWMA7Q?si=zXkulj2-deo3qVxV


 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I PREM KUMAR SHRESTHA I PRODUCER, ANJILA (BIOPIC OF NATIONAL CAPTAIN)
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain