एएफसी यु -२३ एसिया कप छनोट

नेपाल र इरान पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं । एएफसी यु–२३ एसिया कप छनोटअन्तर्गत आज (सोमबार) ताजिकिस्तानमा जारी नेपाल र 

इरानबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । 

१७औं मिनेटमा कप्तान ओमिद नोराफकनले पेनाल्टी खेर फालेपछि इरान अग्रता लिनबाट चुकेको थियो ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल आयोजक ताजिकिस्तानविरुद्ध ११ गते खेल्नेछ । 

त्यस्तै छनोटको अन्तिम खेलमा नेपालले १४ गते लेबनानको सामना गर्नेछ ।