फ्रेन्च लिग वान

नेइमारको खेलबाट पोचेटिन्हो सन्तुष्ट

पेरिस । फ्रेन्च लिग वानमा आइतबार मार्सेलीसँग गोलरहित बराबरीमा रोकिए पनि पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक माउरिसियो पोचेटिन्होले स्ट्राइकर नेइमारको खेलबाट आफु सन्तुष्ट रहेको बताएका छन् ।

‘नेइमारलाई मैदान बाहिर निकालेपछि एक निर्णय गर्नुपर्ने थियो र त्यो समय जर्जिनियो विज्नाल्डमलाई मैदान पठायौं’ ,पोचेटिन्होले भने, ‘म नेइमारको खेलबाट निकै सन्तुष्ट छु, ब्राजिलबाट फर्किएपछि निष्कृय रहे पनि नेइमारले क्लबका लागी निकै त्याग गरेका छन् ।’

पिएसजी मार्सेलीविरुद्ध पछिल्लो नौं खेलमा अपराजित रहेको छ । यी दुई टोलीबीचका पछिल्ला नौं खेलमध्ये पिएसजीले ६ खेल जित्दा तीन खेल बराबरी टुङ्गिएको छ ।