म्यानुयल नुयर

कहिल्यै पनि संन्यासको बारेमा सोचिनः नुयर

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका गोलकिपर म्यानुयल नुयरले संन्यासको बारेमा नसोचेको बताएका छन्  । खुट्टाको चोटका कारण करिब १० महिना मैदान बाहिर रहेका ३७ वर्षीय नुयरले शनिबार ड्राम्सडार्टविरुद्धको खेलमार्फत पुनरागमन गरेका थिए ।  

उनले लामो समय मैदान बाहिर रहँदा गाह्रो भए पनि संन्यासको बारेमा कहिल्यै पनि नसोचेको बताएका हुन् ।

‘मेरो खेल जिवनमा धेरै उताढ चढाब आएका छन् । करिब १० महिना मैदान बाहिर रहँदा निकै गाह्रो भयो,’ नयुरले भने,‘ तर मैले संन्यासको बारेमा कहिल्यै पनि सोचिन । मैदान फर्किने इच्छा र विश्वास थियो । मैले यो कठिन परिस्थितीलाई पनि राम्रो व्यपस्थापन गरे । मानसिका रूपमा तयार थिए ।’

नुयरले पुनरागमन गरेको खेलमा बायर्न ८-० ले विजयी भएको थियो ।