मालिकादेवी कप

मालिकादेवी कपः रोयल फ्यामिली च्याम्पियन

काठमाडौं । मेलचौर युवा जागरण समाजद्धरा आयोजित तेस्रोको मालिकादेवी कप सेभेन ‘ए’साइड नगर कप फुटबल प्रतियोगिताको उपाधि रोयल फ्यामिली चौताराले जितेको छ।

शुक्रबार सम्पन्न फाइनलमा रोयल फ्यामिलीले महांकाल भुमि तामाङ समाजलाई २-० ले पराजित गर्यो । रोयल फ्यामिलीलाई च्याम्पियन बनाउन दुवै गोल गोल क्रिश सापकोटाले गरेका थिए।

सेमिफाइनलमा रोयल फ्यामिलीले चौतारा स्पोर्टिङ क्लबलाई १-० तथा महांकालले चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर-६ लाई ३-० ले पराजित गरेका थिए ।

विजेता रोयल फ्यामिलीले १ लाख ११ हजार १ सय ११ र उपविजेता महांकाल भुमिले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरे ।

गत असोज २७ गतेबाट सुरु भएको यस प्रतियोगितामा २७ टोलीले सहभागिता जनाएका थिए। प्रतियोगितामा चौतारा पाँच युवा क्लबले फियर प्लेय अवार्ड हात पार्यो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी  रोयल फ्यामिलीका एलेक्स, यस्तै  महांकाल भुमिका विप्लव तामाङ उत्कृष्ट रक्षक सहज कोइराला उकृष्ट गोलकिपर, राम ढकाल उत्कृष्ट मिडफिल्डर चुनिए । रोयल फ्यामिलीका निर्मल श्रेष्ठ उत्कृष्ट प्रशिक्ष घोषित भए । सबैले नगद ३३ हजारसहित ट्रफी प्राप्त गरे ।

समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक तथा पूर्वधार मन्त्री युवराज दुलालले विजयी टोलीलाई ट्रफी मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।