नेपाल वादोरियो कराते डो संघ

वादोरियो टोलीलाई प्रधामन्त्रीको बधाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल वादोरियो कराते डो संघको तेस्रो महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई शुक्रबार बालुवाटारमा भेट गरी बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

नव निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष हरिशरण केसी, वरिष्ठ उपाध्यक्ष तेजेन्द्र गुरुङ, उपाध्यक्ष यादवलाल श्रेष्ठ, उपाध्यक्ष दिपेन्द्र विष्ट, उपाध्यक्ष पुरुषोत्तम भण्डारी, उपाध्यक्ष सरितादेवी शर्मा, महासचिव प्रतीक्षा श्रेष्ठ, कोषाध्यक्ष पुरुषोत्तम पोखरेल छन् ।

यसैगरी सदस्यहरुमा सिमोन खत्री, राजु अधिकारी, लक्ष्मणराज बराल, बिनोद कार्की, लक्ष्मी शर्मा रिजाल, ऋष्मा पोखरेल, निश्चल हिराचन, सुजन रिमाल र राजकुमार कार्की छन् ।

सोही अवसरमा अमेरिकाको फ्लोरिडामा भएको युएस ओपन वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपको सिनियर पुरुष एकल काताका स्वर्ण विजेता सुमन तिम्सिनालाई पनि प्रधानमन्त्री दाहालले बधाइ दिएका थिए ।