एनएसएल

झापाको मुख्य प्रशिक्षकमा सेगुरा

काठमाडौं । फ्रेन्चाइज टोली झापा फुटबल क्लबले आउँदै गरेको नेपाल सुपर लिग(एनएसएल) को दोस्रो संस्करणका लागि  स्पेनका रियोल मोहेडानो सेगुरालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

क्लबले बिहीबार सामाजिक सञ्जालमार्फत सेगुरालाई मुख्य प्रशिक्षकका रूपमा भित्र्याएको जानकारी दिएएको हो ।

युइएफए ‘ए’ लाइसेन्स प्राप्त सोगुराले युरोपका विभिन्न क्लबमा सहायक तथा कम्बोडियाको शीर्ष डिभिजन लिगमा मुख्य प्रशिक्षकको भुमिका निर्वाह गरिसकेका छन् ।

सेगुराले पछिल्लो समय नर्वेको दोस्रो डिभिजन लिग क्लब राउफोसमा सहायक प्रशिक्षकको रूपमा काम गरेका थिए ।

अञ्जन विष्ट मार्की खेलाडी रहेको झापाले चेतन घिमिरेलाई सहायक प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ । झापाले पहिलो पटक एनएसएल खेलन लागेको हो ।