मिलान शीर्ष स्थानमा 

मिलान, (खेलाडी)-  एसी मिलानले शनिबार हेलास भेरोनामाथि ३२ को जित हात पार्दै इटालियन सिरी 'ए' को शीर्ष स्थानमा उक्लिएको छ ।

सातौ मिनेटमा जियानलुका कपरारी र २४औं मिनेटमा एन्टोनिन बराकको गोलमा  भेरोनाले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो ।

दोस्रो हाफमा तीन गोल फर्काउदै मिलान शीर्ष स्थानमा उक्लिएको हो ।

५९औं मिनेटमा जिरौउडले मिलानका लागि पहिलो गोल गरे । ७६औं मिनेटमा फ्रंक केसीएले मिलानलाई खेलमा फर्काए । त्यसको दुई मिनेटपछि कोरे गुन्टरले गरेको आत्मघाती गोलमा मिलानको तीन अंक पक्का भयो ।

आठ खेलमा मिलान २२ अंकका साथ शीर्ष स्थानमा छ । साता खेलमा २१ अंकसहित नेपोली दोस्रो स्थानमा छ भने इन्टर मिलान आठ खेलमा १७ अंक बटुल्दै तेस्रो स्थानमा छ ।