फिफा महिला विश्वकप

फिफा महिला विश्वकपः समूह चरणबाटै बाहिरियो जर्मनी

काठमाडौं । दक्षिण कोरियासँग १-१ को बराबरीमा रोकिएसँगै दुई पटकको च्याम्पियन जर्मनी फिफा महिला विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

यस नितजासँगै तीन खेलमा चार अंक जोडको जर्मनी समूह ‘एच’ को तेस्रो स्थानमा रह्यो ।  दक्षिण कोरिया समान खेलबाट एक अंकका साथ पुछारमा रह्यो ।

यसअघि मोरोक्कोलाई पराजित गरेको जर्मनीले कोलम्बियासन्ग हार ब्यहोरेको थियो । दक्षिण कोरिया कोलम्बिया र मोरोक्कोसँग पराजित भएको थियो ।  

अस्ट्रेलियाको ब्रिसबेनस्थित सनक्रकप रंगशालामा बिहीबार सम्पन्न खेलान दक्षिण कोरियाका लागि चो सो ह्युन र जर्मनीका लागि अलेक्जान्ड्रा पोेपले गोल गरे ।

खेलको छैटौं मिनेटमै ह्युनको गोलमार्फत दक्षिण कोरियाले अग्रता लिएको थियो । उनले लि योङ्ग जुको पासलाई सदुपयोग गरेकी थिइन् ।

४२औं मिनेटमा स्वेन्जा हुथको पासमा गाृल गर्दै पोपले जर्मनीलाई बराबरीमा ल्याइन् । 

५८औं मिनेटमा पोपले गोल गरे पनि भिएआरले त्यसलाई मान्यता नदिँदा जर्मनी जितबाट बञ्चित भयो ।