फिफा महिला विश्वकप

फिफा महिला विश्वकपः हारका बाबजुत कोलम्बिया समूह विजेता

काठमाडौं । समूह चरणको अन्तिम खेलमा बिहीबार मोरोक्कोसँग १-० ले पराजित भए पनि कोलम्बिया समूह विजेताका रूपमा फिफा महिला विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

प्रतियोगितामा पहिलो हार ब्यहोरेको कोलम्बिया तीन खेलमा ६ अंकका साथ समूह ‘एच’ को शीर्ष स्थानमा रहेको हो । जितसँगै समान खेलबाट ६ अंक नै जोडे पनि गोल अन्तरमा पछि पर्दा मोरोक्को समूह उपविजेताका रूपमा अगाडी बढ्यो । माेराेक्काे डेब्यूमै अन्तिम १६ मा स्थान बनाउन सफल भयाे । 

यसअघि कोलम्बियाले दक्षिण कोरिया र जर्मनीलाई हराएको थियो । यसैगरी जर्मनीसँग हार ब्यहोरेको मोरोक्कोले दक्षिण कोरियालाई पराजित गरेको थियो ।

अन्तिम १६ मा कोलम्बियाले जमैका र मोरोक्कोले फ्रान्सको सामना गर्नेछन् । योसँगै प्रतियोगिताको अन्तिम १६ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ ।

अस्ट्रेलियाको पर्थ रेक्टाङ्गुलर रंगशालामा पहिलो हाफको इन्जुरी समयमा निसा लाहमारी गरेको एक मात्र गोल मोरोक्कोलाई जित दिलाउन निर्णायक बन्यो ।

घिजलेन चेबकको पेनाल्टी प्रहारलाई कोलम्बियन  गोलकिपर क्याटालिना पेरेजले रोके पनि रिबाउन्डमा सकिना ओजराउइकाे प्रहार ब्लक हुँदा पाेजिसनमा रहेकी ताहमारीले पाेस्टकाे दिशा दिएकी थिइन् ।

 यही समूहको अर्को खेलमा दिक्षण कोरियासँग १-१ को बराबरीमा रोकिएपछि दुई पटकको च्याम्पियन जर्मनी बाहिरिएको छ ।