चैत्र १४, २०८२ शनिबार | ०४:३७:२९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी

वर्ष महिला खेलाडी घोषित अरुणा शाहीलाई स्कटरको चाबी हस्तान्तरण गरिदै ।

पोखरा ।  पोखरा स्पोर्टस अवार्डको नवौं संस्करणमा भलिबलका अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार प्रदान गरेको अवार्डमाअरुणा महिला तथा विश्वास पुरुषतर्फ उत्कृष्ट ठहरिए ।

 राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा लगातार तेस्रो पटक वर्ष खेलाडी घोषित भएकी हुन् । दुवैले टेलजी इलेक्ट्रिक स्कुटर प्राप्त गरे ।

वर्ष खेलडाी महिलातर्फ आइटिएफ तेक्वान्दो/मुआथाइकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ तथा पुरुषतर्फ टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ मनोनयनमा थिए ।

लाइफटाइम अचिभेमन्ट अवार्ड सुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरियाे ।  उनलाई चाँदीको करुवासहित सम्मान गरिएको थियो ।

क्रिकेटकी रचना चौधरी उदीयमान खेलाडी चुनिइन् । भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की पनि उदीयमान खेलाडी बन्ने दौडमा थिए ।

टेनिसका नीरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै फुटबलका राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक बने ।

उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्यो भने विजय नेपालले उत्कृष्ट खेल पत्रकार चुनिए । सबैलाई ३५ हजार रुपैयाँ प्रदान गरिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो