पुस २८, २०८२ मंगलबार | १९:०३:४८
साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने
शनिबारको दिन

फेरिएको केनको भाग्य

काठमाडौं । सबैको भाग्यमा सफलता कहाँ लेखिएको हुन्छ र ? जत्तिकै ठूलो र राम्रो खेलाडी भएता पनि फुटबलमा सबैले उपाधि जित्न सक्दैनन् । यस्तै एक खेलाडीमा पर्छन्, ह्यारी केन । तर उनी पनि धेरै हदसम्म भाग्यमानी नै रहे । उनले अन्ततः एउटा ठूलै उपाधि जितेका छन् । नत्र सबैले भन्ने गर्थे, यो केनले आफ्नो खेलजीवनमै केही पनि जित्न सक्ने छैनन् । ‘सबैले मैले केही जित्न नसकेकामा खिल्ली उडाउँथे, अब यस्तो हुने छैन, मेरा आलोचकले उत्तरले पाएका छन्,’ केनलाई मुखै फोडेर भन्नुपर्यो ।

यसै साता बायर्न म्युनिखले बुन्डेसलिगा उपाधि जितेको छ ३३औं पटक । योसँगै केनको लामो प्रतीक्षाले कुनै न कुनै उपाधि जित्ने पूर्णविराम पाएको हो । उनी ३१ वर्षका खेलाडी भइसके । लगभग आफ्नो खेल जीवनको उत्तरार्धमा पुगिसकेका छन् । यही बेला उनले राहतको स्वास फेर्ने अवसर पाएका हुन् । दोस्रो स्थानमा रहेको बायर लेभरकुजनले फ्राइबर्गसँग बराबरी खेलेपछि बायर्नले जर्मन फुटबलको माथिल्लो डिभिजन जित्ने निश्चित भएको हो ।

केन उपाधि नजिक नपुगेका पनि होइनन् । टोटनहमका लागि उनले तीन फाइनलमा हार बेहोरे । एक युरोपेली च्याम्पियन्स लिग रह्यो भने अर्को इङ्लिस लिग कप । अनि इङ्ल्यान्डका लागि दुई फाइनल गुमाए । दुवै युरोपेली च्याम्पियनसिपको निर्णायक खेल थियो ।

केनले पनि यो उपलब्धिको खुसीयाली मनाउन कुनै अवसर छाडेनन् । आफ्नो इन्स्टाग्राममा लेखे, ‘वी आर द च्याम्पियन्स’ अर्थात ‘हामी च्याम्पियन हौं’ । यसैमा क्विन ब्यान्डका गीत पनि हाले । यो अरू कुनै गीत थिएन, थियो त, त्यही ‘वी आर द च्याम्पियन्स’ ।

विश्वकपमा हार बेहोरेपछि ह्यारी केनलाई सम्झाउदै इङ्ल्यान्डका तत्कालिन प्रशिक्षक गारेथ साउथगेट ।  

विश्वास गर्न गाह्रै छ, केनले निकै कम उमेरदेखि क्लब एकेडेमीबाटै फुटबल खेल्न थालेका हुन् । तर यति लामो खेल जीवनमा उनले यसअघि केही जितेका थिएनन्, उमेर समूहको फुटबलमै पनि ।

त्यसो त केन उपाधि नजिक नपुगेका पनि होइनन् । टोटनहमका लागि उनले तीन फाइनलमा हार बेहोरे । एक युरोपेली च्याम्पियन्स लिग रह्यो भने अर्को इङ्लिस लिग कप । अनि इङ्ल्यान्डका लागि दुई फाइनल गुमाए । दुवै युरोपेली च्याम्पियनसिपको निर्णायक खेल थियो ।

अझ उनले बायर्नकै लागि गत सिजन जर्मन सुपर कपको उपाधि जित्न सकेनन्, फाइनलमा हारको सामना गर्नुपरेको थियो । उनले यसअघि खेलका प्रत्येक फाइनलमा हारकै मुख देख्नुपरेको थियो ।

अब कसैले केनले केही जित्न सकेनन् भन्न सक्ने छैनन् । यसले केन आफैंलाई पनि राहत दिएको हुनुपर्छ ।

सम्भवतः उनले थाहा पाइसकेका थिए, आफ्नो सानैदेखिको क्लब टोटनहममा रहने हो भने केही जित्न सकिने छैन । त्यसैले सन् २०२३ मा बायर्न गए । त्यहाँ पनि पहिलो सिजन बायर्नले केही जितेनन् । यस्तोमा केहीले भन्न थालेका थिए, यी केन किन आए बायर्नले केही त जित्न सकेन । अझै पनि केनलाई अहिलेका पुस्ताका खेलाडीमध्ये सबैभन्दा राम्रो फरवार्ड मानिन्छ । उनी खासमा गोलमेसिन नै हुनभन्दा हुन्छ ।

टोटनहमको जर्सीमा ह्यारी केन । 

उनी इङ्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । इङ्लिस प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको दोस्रोमा छ । बायर्न आएयता पनि एकपछि अर्को गोल गरिरहेकै थिए । बायर्नका लागि खेल्ने क्रममा त उनले गोलको एकपछि अर्को कीर्तिमान नै बनाए । तर, एउटा उपाधि जित्नका लागि उनले आफ्नो देश र क्लबका लागि माथिल्लो स्तरमा ६९४ खेल खेलेका छन् अनि अन्ततः जर्मन बुन्डेसलिगा उपाधि आफ्नो नाममा लेखाए ।खास भन्ने हो भने फुटबलमा त्यस्ता धेरै खेलाडी छन्, जसले आफ्नो पूरापूर खेल जीवनमा केही जित्न सकेनन् । जित्ने भाग्य त केही खेलाडीकै नाममा मात्र हुन्छ । अब कसैले केनले केही जित्न सकेनन् भन्न सक्ने छैनन् । यसले केन आफैंलाई पनि राहत दिएको हुनुपर्छ । उनले अझै केही वर्ष माथिल्लो स्तरमा फुटबल खेल्नेछन् । त्यसमध्ये केही सिजन त बायर्नकै लागि हुनेछ । यस्तोमा हुनसक्छ, केनले अरू उपाधि पनि जित्न सक्षम हुनेछन् । 

बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख ।