एट्लेटिको मड्रिड

एट्लेटिको फेलिक्स रिलिज गर्न तयार

काठमाडाैं । स्पेनिस क्लब एट्लेटिको मड्रिड पोर्चुगिज फवार्ड जाओ फेलिक्सलाई रिलिज गर्न तयार भएको छ ।

केही दिनअघि फेलिक्सले बार्सिलोनाबाट खेल्ने आफ्नो सपना रहेको बताएका थिए । एट्लेटिको र फेलिक्सबीचको सम्झौता सन् २०२७ सम्म छ ।

यसैगरी इङ्लिस प्रिमियर लिगका क्लब म्यानचेस्टर युनाइटेड, न्यूक्यासल युनाइटेड र एस्टन भिल्लाले पनि फेलिक्स भित्र्याउने इच्छा देखाइरहेका छन् ।

सन् २०१९ मा पोर्चुगिज क्लब बेन्फिकाबाट १ सय १३ मिलियन पाउन्डमा एट्लेटिको भित्रिएको फेलिक्सले ९६ स्पेनिस ला लिगा खेलमा २५ गोल गरे ।

गत सिजन इङ्लिस क्लब चेल्सीबाट लोनमा खेलेका फेलिक्सले १६ प्रिमियर लिग खेलमा ४ गोल गरेका थिए ।