वेस्टहम युनाइटेड

गोरेट्जका भित्र्याउने वेस्टहमको इच्छा

काठमाडौं । इङ्लिस प्रिमियर लिगकोको  क्लब वेस्टहम युनाइटेडले जर्मन मिडफिल्डर लियोन गोरेट्जका अनुबन्धको इच्छा देखाएको छ ।

स्काइ स्पोर्टस जर्मनीका अनुसार वेस्टहमले जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्नन म्युनिखबाट गोरेट्जका भित्र्याउन चाहेको हो ।

सन् २०१५ मा अर्को जर्मन क्लब साल्कोबाट बायर्न भित्रिएको गोरेट्जकाले क्लबका लागि १ सय २४ बुन्डेसलिगा खेलमा २५ गोल गरेका छन् ।

प्रिमियर लिगकै म्यानचेस्टर युनाइटेडले पनि गोरेट्जका अनुबन्धमा इच्छा देखाएको छ ।

यसैगरी वेस्टहम युनाइटेडबाट रक्षक ह्यारी मग्वायरलाई पनि लोनमा भित्र्याउने प्रयासमा छ ।